Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

अर्थ

बैंकको चर्को व्याजदर विरुद्ध व्यवसायी आन्दोलित

323351629_213406772031577-1672586410.jpg

१७ पुस, हेटौंडा । बैंकहरुले चर्को व्याज लिइरहेको भन्दै मकवानपुरका व्यवसायीहरुले तत्काल बैंकको व्याज नियन्त्रण गर्नुपर्ने माग गर्दै आइतबार नेपाल सरकारका अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नरलाई ज्ञापनपत्र बुझाएका छन् ।
मकवानपुर उद्योग वाणिज्य संघको अगुवाईमा व्यवसायीहरुले आइतबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे मार्फत अर्थमन्त्री र गभर्नरलाई ज्ञापनपत्र बुझाएका हुन् । 
देशकै अर्थतन्त्र असहज अवस्थामा रहेको बेला बैंकहरुले व्यावसायीहरुसँग चर्को व्याज असुली रहेको र ऋण तिर्न दवाव दिने गरेको भन्दै उनीहरुले आइतबार आन्दोलनको कार्यक्रम समेत सार्वजनिक गरेका छन् ।
उनीहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउनुअघि पत्रकार सम्मेलनगरि आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । घोषित कार्यक्रम अनुसार सोमबार जिल्लामा रहेका विभिन्न पाँचवटा संघमा आवद्ध व्यवसायीहरुले व्यानर राखी विरोध गर्ने, १९ गते मंगलबार आम व्यवसायीहरुले कालो पट्टी बाँधेर विरोध जनाउने र २० गते मागहरु सम्बोधन नभएको खण्डमा सशक्त आन्दोलनको तयारी गर्ने बताएका छन् ।
आन्दोलनमा मकवानपुर उद्योग वाणिज्य संघसँगै उद्योग संघ मकवानपुर, नारायणी यातायात व्यवसायी संघ, निर्माण व्यवसायी संघ मकवानपुर, होटल एशोसिएसन मकवानपुर आवद्ध रहेका छन् । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260518_07103-1782611250.jpg

१४ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा सभामुखले राष्ट्रपतिको...

ब्राउन सुगरसहित दुईजना पक्राउ
Screenshot_20260617_08504-1782611043.jpg

१४ असार, हेटौंडा । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा जाँच चौकीमा नियमित सुरक्षा जाँचका...

इंग्ल्यान्डद्वारा पनामा पराजित
01kw5kekmm8r1c2pnqw1-1782610681.jpg

१४ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा पनामालाई २-० ले पराजित गर्दै इंग्ल्यान्ड समूह...

आंशिक बादल लाग्ने
Screenshot_20250526_06180-1782610085.jpg

१४ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

हेटौंडामा दुर्घटना, मोटरसाइकल चालकको मृत्यु
acc1-1782563419.jpg

१३ असार, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका-९ पशुपतिनगरमा भएको दुर्घटनामा...

सेनेगलको इराकमाथि फराकिलो जित
Senegal-1782523027.jpg

१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...

एन्फा पूर्व अध्यक्ष शेर्पा पक्राउ
1782494101-RckgT-1782522600.jpg

१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...

तीन प्रदेशमा मनसुनको प्रभाव
water-1782522034.jpg

१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

थप समाचार