Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

मक्रान्चुली सहकारी अध्यक्षमा धिताल सर्वसम्मत

FB_IMG_1673189470527-1673189744.jpg

२४ पुस, हेटौडा । हेटौडा–६, चौघडामा रहेको मक्रान्चुली सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभा आइतवार सम्पन्न भएको छ।संस्थाका अध्यक्ष रामहरि न्यौपानेको सभाध्यक्षतामा सम्पन्न भेलामा न्यौपानेले संस्थागत प्रतिवेदन र लेखा समिति संयोजक कृष्ण प्रसाद धितालले आर्थिक प्रतिवेदन पेश गरेका थिए। 

आज भएको भेलाले  कृष्ण प्रसाद धितालको अध्यक्षतामा ९ सदस्यीय नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ ।समितिको उपाध्यक्षमा खडानन्द न्यौपाने, सदस्यहरुमा राजु गुरुङ, भवानी शंकर दाहाल, गोपाल गौतम, मुकुन्द न्यौपाने, अर्जुन प्रसाद सापकोटा ,शिव दयाल यादव र राम प्रसाद चौरेल चयन भएका छन । त्यसैगरि लेखा समितिको संयोजकमा कृष्ण प्रसाद पोखरेल सदस्यहरुमा केशव धिताल र विजयकुमार हुमागाई चयन भएका छन ।  

साधारणसभामा हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, केन्द्रीय दुग्ध संघका सञ्चालक सदस्य विदुर हुमागाई, बागमती प्रदेश दूग्ध विकास बोर्डका सञ्चालक सदस्य बासुदेव अधिकारी, सुकुम्वासी समस्या समाधान आयोग मकवानपुरका विज्ञ सदस्य अर्जुनप्रसाद चौलागाई, जिल्ला सहकारी संघका निवर्तमान अध्यक्ष बद्रीप्रसाद लम्साल, सामुदायिक वन उपाभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, संस्थाका सल्लाहकार खिलप्रसाद चौलागाई ,सिर्जनशिल समाज सहकारीका अध्यक्ष कृष्ण बिडारी, रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, संस्थाका सदस्य रामजी सापकोटा लगायतको उपस्थिति रहेको थियो। नयाँ सञ्चालक समितिको निर्वाचन गर्न अर्जुनप्रसाद चौलागाईको संयोजकत्मा चेतनाथ खतिवडा र भीमसेन पौडेल सदस्य रहेको ३ सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।संस्थामा ४ सय ३१ जना शेयर सदस्यहरु रहेको ब्यवस्थापक केदार प्रसाद  सञ्जेलले जानकारी दिएका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
तरुण भवन बनाउन केन्द्रीय सदस्य भेटवालको २ लाख ५५ हजार सहयोग

१७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसको युवा दस्ता नेपाल तरुण दलको केन्द्रीय कार्यसमिति भवन निर्माणका लागि तरुण...

माइतीघरका नायक लोहनीको निधन
Cp-lohani-1714383920-1714392628.jpg

१७ बैशाख, काठमाडौं । कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको...

वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Screenshot_20240429_17514-1714392419.jpg

१७ बैशाख, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगंज नगरपालिका-२ का वडाध्यक्षविरुद्ध...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1714381508.jpg

१७ बैशाख, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ घटेको हो...

बझाङमा एमालेका उम्मेदवार भण्डारी विजयी
Daman-Bahadur-Bhandari-Ba-1714378671.jpg

१७ बैशाख, बझाङ । बझाङ-१ (१) मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन्...

स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु
accident.-1714378089.jpg

१७ बैशाख, कालिकोट । कालिकोटमा स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्काभेटरका सहचालक...

बझाङमा कांग्रेसको सिंहको अग्रता, एमालेका भण्डारी पछ्याउदै
congress-uml-2-1714358159.jpg

१७ बैशाख, चैनपुर।  बैशाख १५ गते इलाम र बझाङमा सम्पन्न उप- निर्वाचनको मतगणना भइरहेको छ। सोमबार बिहान ८ बजे सम्मको...

दाङमा आगलागीबाट २३ घर जलेर नष्ट
aglagi-e1695432403369-1714356914.jpg

१७ बैशाख, दाङ । दाङको राजपुर गाउँपालिका ७ हाडेवासमा २३ घर जलेर नष्ट भएका छन् । आगलागीबाट घर र गोठ जलेर नष्ट भएका...

लगानी सम्मेलन आज पनि जारी रहने
lagani-1-1714356037.jpg

१७ बैशाख, हेटौंडा । काठमाडौंमा आइतबारदेखि शुरू भएको तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ ।  सम्मेलनमा आज...

थप समाचार