२८ पुस, हेटौडा । मकवानपुर जिल्ला बहुउद्धेश्यीय सहकारी संघको ९ औं वार्षिक साधारणसभा बिहिवार हेटौडामा सम्पन्न भएको छ ।
साधारणसभाको बन्द सत्रले रामहरि न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा शर्मिला डंगोल, सचिवमा प्रतिमा श्रेष्ठ र कोषाध्यक्षमा पुरुषोत्तम कार्की चयन भएका छन।त्यसैगरि सदस्यहरुमा भीमसेन पौडेल, शिवकुमार खत्री, भोगेन्द्र लुईटेल, सिह बहादुर विक.मोती लामा, कुलकुमारी बस्नेत र शुक्रदेवी बल चयन भएका छन ।
त्यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा रामेश्वर अर्याल र सदस्यहरुमा जानकी दाहाल र रमिला सापकोटा चयन भएका छन। साधारणसभामा संस्थाका अध्यक्ष रामहरि न्यौपानेले संस्थागत प्रतिवेदन, सचिव शर्मिला डंगोलले प्रगति प्रतिवेदन र कोषाध्यक्ष विमल कुमार ढकालले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
बागमती प्रदेश सहकारी बोर्डका उपाध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साधारणसभामा हेटौडा–९ का निवर्तमान वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारी, जिल्ला सहकारी संघका पूर्व अध्यक्ष बद्री प्रसाद लम्साल, बागमती प्रदेश सहकारी संघका सञ्चालक बिमल ढकाल, जिल्ला सहकारी संघका सचिव विरेन्द्र प्रसाद ढुङगाना,शिवम सिमेन्टका सनद गोतामे लगायतको उपस्थिति रहेको थियो ।भेलाको अवसरमा संघलाई सहयोग गर्ने विभिन्न संघसंस्था र ब्यत्तिहरुलाई सम्मान गरिएको थियो । संघमा १९ वटा बहुउद्धेश्यीय सहकारी संस्थाहरु आवद्ध रहेका छन ।
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...




-1788745767.jpg)













