२९ पुस,हेटौंडा। राक्सिराङ गाउँपालिकाले पत्रकार देखी कृषक, टोल विकस संस्था ,शिक्षक र महिला उद्यमी,कर्मचारी सम्मलाई सम्मान गरेको छ।गाउँपालिकाले शुक्रबार सम्पन्न १३ औ हिउँदे अधिवेशनमा पत्रकार देखी कृषक, टोल विकस संस्था ,शिक्षक र महिला उद्यमी सम्मलाई सम्मान गरेको हो।
गाउँपालिकाले गाउँपालिकाको गतिविधि र सम्रग जनोसरोकारको कुरामा सञ्चार माध्यम मार्फत राक्सिराङको पहिचान गराउन सहयोग पुयाएको भन्दै ग्यालेक्सी फोर के टेलिभिजनका बागमती ब्यूरो प्रमुख देवराज पन्त र थाहा संचारकी पत्रकार सृजना नेपाललाई नगद सहित प्रशंसापत्र र खादाले सम्मान गरेको हो।
त्यसैगरी गाउँपालिकाले शिक्षक तर्फ- कालिका मावि खैराङ्ग शिक्षक विश्व लामा र विद्यालय तर्फ सूर्योदय मा विद्यालय सिरखेतलाई सम्मान गरेको हो।
त्यसैगरी गाउँपालिकाले सञ्चालन गरेको पालिका स्तरीय परीक्षामा उत्कृष्ट हुने कालिका माविका छात्र सन्तोष घलान र सूर्योदय माविकी छात्रा सुप्रिया सुवेदीलाई सम्मान गरिएको हो।
त्यसैगरी उत्कृष्ट गैरसरकारी संस्था तर्फ सम्मुनत नेपाल , राक्सिराङ बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड म,कुडुले महिला कृषी सहकारी संस्था,सदाफ कृषि अरगेनिक फार्म,महिला उद्मी सरिता स्याङ्बो, सिलिङ्गे सामुदायिक वन उपभोक्ता समूह ,समृद्धिका लागि एकता टोल विकास संस्था न्यायिक समिति तर्फ उत्कृष्ट मेलमिलाप केन्द्रमा वडा नम्बर-३का दुईजना मेलमिलाप कर्तालाई प्रशंसापत्रसहित सम्मान गरेको हो।त्यसैगरी गाउँपालिकाले उत्कृष्ठ कार्य गर्ने विभिन्न विधाका कर्मचारीलाई पनि सम्मान गरेको छ।
स्वास्थ्यकर्मी तर्फ अहेव गणेश कुमार मोक्तान, महिला स्वास्थ्य स्वयंसेविकामा विष्णु माया नगरकोटी,वडा सचिव तर्फ वडा नम्बर-३ का वडा सचिव दशरथ गुरागाई,उत्कृष्ठ कर्मचारीमा पालिकाको शिक्षा शाखामा कार्यरत पासाङ लामा बल र वडा नम्बर-५ का कार्यालय सहयोगी तीर्थ मोक्तानलाई पनि सम्मान गरिएको छ।
सम्मानित हुने सबैलाई कार्यक्रममा प्रमुख अतिथी संघीय संसाद महेश कुमार बर्तौला, विशिष्ट अतिथी बागमती प्रदेशका निवर्तमान भौतिक पूर्वाधार तथा विकास राज्यमन्त्री सन्त बहादुर चेपाङ र गाउँपालिका अध्यक्ष राजकुमार मल्ले संयुक्त रुपमा सम्मान गरेका थिए।
गाउँपालिकाको विकास र गाउँपालिकालाई चिनाउन सहयोग गर्ने,उत्कृष्ट कार्य सम्पादन गरी कार्यालयलाई जनशेवामुखी बनाउने कर्मचारी सहित सबैलाई प्रोत्साहन स्वरुप सम्मान गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गडतौलाले बताए।
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

















-1786686763.jpg)
