Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

यातायात ब्यवसायी उपभोक्ता सहकारीको सेयर पूँजी ७ करोड  

Yatayat-(1)-1676207214.jpg

२९ माघ, हेटौंडा । हेटौंडामा रहेको यातायात व्यवसायी उपभोक्ता सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष किरण पौडेलको सभाध्यक्षतामा भएको साधारणसभा बरिष्ठ यातायात ब्यवसायी टेकनारायण कँडेलले उद्घाटन गरेका थिए । 
साधारणसभाका सहभागी वक्ताहरुले सहकारी कै कारण बजारमूल्य नियन्त्रण भएको बताएका छन् । नेपाल ट्रक यातायात ब्यवसायी महासंघका अध्यक्ष तथा नारयणी यातायात ब्यवसायी संघका अध्यक्ष हीरालाल श्रेष्ठले सहकारीले सवारी साधनमा प्रयोग हुने स्पेयर पार्टस्, लुब्रिकेन्ट्स् आदिको बिश्वसनीयताका साथ उपभोग गर्ने वातावर तयार भएको बताए । 
यातायात व्यवसायी मिलेर सञ्चालन गरेको सहकारीमा हाल १९४ जना सेयर सदस्य र ६ करोड ९१ लाख ३२ हजार सेयर पूँजी रहेको अध्यक्ष पौडेलले जानकारी दिए । कार्यक्रममा पत्रकार प्रताप बिष्ट, सहकारीका सेयर सदस्य तथा नारायणी यातायात ब्यवसायी संघका पूर्बअध्यक्ष बद्रीप्रसाद चौलागाईं, संघका महासचिव तथा सहकारीका सल्लाहकार सरोज खनाललगायतले सहकारीका कारण यातायात ब्यवसायी उपभोक्तालाई निकै राहतको महशुस भएको बताए । 
सहकारीले हेटौंडा–११ मा पेट्रोल पम्प संचालनमा ल्याएर यातायात उपभोक्तालाई मिसावट रहित पेट्रोलियम पदार्थ उपलब्ध गराएको छ । कार्यक्रममा सहकारीका संस्थापक सदस्य तथा बरिष्ठ यातायात ब्यवसायी पुरुषोत्तम अर्याल, गोपालबहादुर कार्की, सहकारीकी उत्कृष्ठ कर्मचारी सुसृता केसीलाई सम्मानीत गरिएको थियो ।
कार्यक्रममा सहकारीका सचिव सुनीलकुमार न्यौपानेले सचिवको प्रतिबेदन, कोषाध्यक्ष कुमार वर्तौलाले कोषको अवस्थाका बारेमा जानकारी गराएका थिए । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

थप समाचार