Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

यातायात ब्यवसायी उपभोक्ता सहकारीको सेयर पूँजी ७ करोड  

Yatayat-(1)-1676207214.jpg

२९ माघ, हेटौंडा । हेटौंडामा रहेको यातायात व्यवसायी उपभोक्ता सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष किरण पौडेलको सभाध्यक्षतामा भएको साधारणसभा बरिष्ठ यातायात ब्यवसायी टेकनारायण कँडेलले उद्घाटन गरेका थिए । 
साधारणसभाका सहभागी वक्ताहरुले सहकारी कै कारण बजारमूल्य नियन्त्रण भएको बताएका छन् । नेपाल ट्रक यातायात ब्यवसायी महासंघका अध्यक्ष तथा नारयणी यातायात ब्यवसायी संघका अध्यक्ष हीरालाल श्रेष्ठले सहकारीले सवारी साधनमा प्रयोग हुने स्पेयर पार्टस्, लुब्रिकेन्ट्स् आदिको बिश्वसनीयताका साथ उपभोग गर्ने वातावर तयार भएको बताए । 
यातायात व्यवसायी मिलेर सञ्चालन गरेको सहकारीमा हाल १९४ जना सेयर सदस्य र ६ करोड ९१ लाख ३२ हजार सेयर पूँजी रहेको अध्यक्ष पौडेलले जानकारी दिए । कार्यक्रममा पत्रकार प्रताप बिष्ट, सहकारीका सेयर सदस्य तथा नारायणी यातायात ब्यवसायी संघका पूर्बअध्यक्ष बद्रीप्रसाद चौलागाईं, संघका महासचिव तथा सहकारीका सल्लाहकार सरोज खनाललगायतले सहकारीका कारण यातायात ब्यवसायी उपभोक्तालाई निकै राहतको महशुस भएको बताए । 
सहकारीले हेटौंडा–११ मा पेट्रोल पम्प संचालनमा ल्याएर यातायात उपभोक्तालाई मिसावट रहित पेट्रोलियम पदार्थ उपलब्ध गराएको छ । कार्यक्रममा सहकारीका संस्थापक सदस्य तथा बरिष्ठ यातायात ब्यवसायी पुरुषोत्तम अर्याल, गोपालबहादुर कार्की, सहकारीकी उत्कृष्ठ कर्मचारी सुसृता केसीलाई सम्मानीत गरिएको थियो ।
कार्यक्रममा सहकारीका सचिव सुनीलकुमार न्यौपानेले सचिवको प्रतिबेदन, कोषाध्यक्ष कुमार वर्तौलाले कोषको अवस्थाका बारेमा जानकारी गराएका थिए । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ६ मा जनता स्वास्थ्य घरदैलो अभियान, स्वास्थ्य स्वयमसेविकालाई साइकल
FB_IMG_1714635757232-1714662353.jpg

२० बैशाख, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे  हेटाैडा स्वास्थ्य  चाैकीले बिहीबार देखी जनता स्वास्थ्य ...

उपनिर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
Rastrapati-1714636676.jpg

२० बैशाख, काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन राष्ट्रपति...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट
Pushpa-Kamal-Dahal-_-KP-O-1714636079.jpg

२० बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

नेपाल र वेस्ट इन्डिजबिचको चौथो टी–२० क्रिकेट हुँदै
20240502_072206-1714613850.jpg

२० बैशाख, हेटौंडा ।  नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714613507.jpg

२० बैशाख, हेटौंडा ।  नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

टी–२० विश्वकप खेल्ने नेपाली टोली घोषणा
dd-1714609240.jpg

२० बैशाख, हेटौंडा । टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२०...

नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

थप समाचार