स्थानीयको स्वास्थ्य अवस्थाको जानकारी लिदै राक्सिराङ अध्यक्ष राज कुमार मल्ल
३०फागुन,हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले घर घर पुगरे सेवा दिएको छ। आम नागरिकलाई स्थानीय सरकारका सबै किसिमका सेवाको पहुँच वृद्धि गर्दै सरल र सहज सेवा दिने उद्देश्यले गाउँपालिकाले घरघरमै पुगी घुम्ती शिविर सुरु गरेको हो।घरघरमै पुगी बिरामी जाँचदेखि योजना अनुगमन र स्थलगत रुपमै भुक्तानीसम्मका सेवा सुरु गरिएको हो।
‘सेवा लिने सबैको अधिकार, घरघरमा स्थानीय सरकार’ भन्ने नाराका साथ गाउँपालिकाले सोमबार ४ नम्बर वडाबाट एकीकृत घुम्ती सेवाको सुरुवात गरिएको हो । ४ नम्बर वडा कार्यालयमा पुगी सोमबार एमबिबिएस डाक्टरसहितको स्वास्थ्य सेवा र निशुल्क औषधि वितरण गरिएको थियो । साथै सोही स्थानबाट स्थानीयलाई तरकारीका बिउ वितरणका साथै पशुका रोगविरुद्धको औषधिसमेत निशुल्क उपलब्ध गराइएको थियो । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहित कर्मचारीको टोलीले गाउँघरमै ल रुपमा पुगी घुम्ती शिविरमार्फत सरसेवा प्रदान गरेका हुन् ।ज्येष्ठ नागरिक तथा अशक्त तथा हिँड्न नसक्ने बिरामीहरुको घरघरमै पुगी स्वास्थ्य जाँच र निशुल्क औषधिकोसमेत व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए । खरको छानोमुक्त अभियान सञ्चालन गरेको गाउँपालिकाले खरको छाना भएका परिवारलाई घरमै पुगी जस्तापातासमेत वितरण गरेको थियो । सोमबार मात्रै ६ वटा परिवारलाई घरघरमै जस्तापाता पु¥याइएको मल्लले बताए । एकीकृत शिविरमै व्यवसाय दर्ता, अपाङ्गता तथा ज्येष्ठ नागरिक परिचयपत्र वितरण, गरिब घरपरिवार परिचयपत्र वितरणसमेत गरिएको थियो । ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सम्मान गर्ने उद्देश्यले जनप्रतिनिधि र कर्मचारीहरु घरघरमै पुगी पोषिलो आहार तथा उपयोगी सामाग्रीहरुसमेत हस्तान्तरण गरेका थिए ।सोमबारको एकीकृत शिविरमा २१९ जनाको निशुल्क स्वास्थ्य जाँच गरी औषधि वितरण गरिएको थियो भने २०४ जनाले आयुर्वेद सेवाका साथै औषधि प्राप्त गरेको राक्सिराङ अस्पतालका सिनियर अहेब यमप्रसाद गौतमले जानकारी दिए । शिविरमा गर्भवतीलाई भिडियो एक्सरेका साथै पोषिलो पीठो वितरणसमेत गरिएको थियो । ११ जना गर्भवतीले उक्त सेवा लिएका थिए ।५ जना महिलालाई परिवार नियोजनको अस्थायी साधन आयुसिडी र इम्प्लान्ट लगाइएको थियो ।
कृषि र पशुतर्फ २०० जनाभन्दा बढीले सेवा लिएका थिए। पशु सेवातर्फ गाई भैंसी, बाख्रा कुखुराका औषधिहरु र कृषितर्फ ७ थरीका तरकारीका बिउहरु निशुल्क वितरण गरिएको गाउँपालिकाका कृषि शाखाका प्राविधिक सहायक कृष्ण डुम्रेले बताए । एकीकृत शिविरअन्तर्गत नै ४ नम्बर श्री आधारभूत विद्यालयको घेराबार तथा तारजाली योजनाको अनुगमन गरी स्थलगत रुपमै भुक्तानी दिइएको थियो । सोमबार नै ४ नम्बर वडाका विभिन्न विद्यालयको अनुगमनसमेत गरिएको उपाध्यक्ष वनस्तम थिङले बताए । गाउँपालिकाले चैत ६ गते ९ नम्बर वडा कार्यालय डन्टार, ६, ७ र ८ नम्बर वडाका लागि राक्सिराङ ७ स्थित जुरेथुममा चैत १४ गते र चैत २२ गते वडा नम्बर १ र २ का लागि राक्सिराङ १ दुङ्गुमा एकीकृत शिविरको आयोजना गर्ने कार्यक्रम तय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले जानकारी दिएका छन्।
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...
२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...
१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...
१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

-nepal-1792458398.jpg)

_edit_-1792422283.jpg)
_edit_-1792376004.jpg)













