Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

नेपालको सार्वजनिक ऋण २० खर्ब ७९ अर्ब रुपैयाँ नाघ्यो

artha-1679186472.PNG

५ चैत, हेटौंडा । अर्थ मन्त्रालयका अनुसार नेपालको सार्वजनिक ऋण बढेर २० खर्ब ७९ अर्ब रुपैयाँ भन्दा धेरै पुगेको छ । 
मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको ८ महिनामा नेपालको सार्वजनिक ऋण ३ दशमलव ३९ प्रतिशतले बढेर २० खर्ब ७९ अर्ब ७२ करोड रुपैयाँ पुगेको हो । साउनदेखि फागुनसम्म सरकारले ८५ अर्ब रुपैयाँ आन्तरिक र ६२ अर्ब रुपैयाँ वैदेशिक गरी १ खर्ब ४७ अर्ब रुपैयाँ ऋण लिएको छ ।  
यस्तै ८ महिनामा सरकारले ६२ अर्ब आन्तरिक ऋण र १८ अर्ब बाह्य ऋण गरि ८० अर्ब रुपैयाँ चुक्ता गरेको छ । ८ महिनामा १ खर्ब ४७ अर्ब रुपैयाँ ऋण लिँदा पनि ८० अर्ब रुपैयाँ चुक्ता गरेकाले सरकारको ऋण ६८ अर्ब रुपैयाँले मात्रै बढेको हो । 
कुल ऋणमध्ये १० खर्ब ९ अर्ब ९३ करोड रुपैयाँ आन्तरिक र १० खर्ब ६९ अर्ब ७८ करोड रुपैयाँ वैदेशिक ऋण रहेको छ । चालु आर्थिक वर्षको बजेट समीक्षामार्फत सरकारले १ खर्ब ७० अर्ब रुपैयाँ वैदेशिक र २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन गर्ने लक्ष्य लिएको छ । 
सार्वजनिक ऋण वर्षेनी बढिरहँदा यसको सहि उपयोग नभएको र कतिपय अवस्थामा ऋण लिएर चालु खर्च समेत गरिरहेको भनेर सरकारको आलोचना हुँदै आएको छ । नेपालको ऋण कुल गाह्रस्थ उत्पादनको ४१ प्रतिशत भन्दा  धेरै पुगेको भन्दै अर्थ विज्ञहरुले चिन्ता जनाउन थालेका छन् । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
चेन्नईमाथि लखनउद्वारा आठ विकेटको शानदार जित
IPL1-8-1713591143.jpg

८ बैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किंग्समाथि लखनउ सुपर...

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शुरु हुँदै
Screenshot_20240420_09125-1713583687.jpg

८ बैशाख, काठमाडौं । नेकपा एमालेको दुई दिने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शनिबारदेखि शुरु हुँदैछ...

हेटौंडा ८ मा रहेको कार्टुन उद्योगमा आगलागी
Screenshot_20240420_09152-1713583837.jpg

८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...

फास्ट ट्रयाक समयमै सम्पन्न गर्ने गरी संयोजन गर्न सरकारलाई निर्देशन
rajey-bebastha-1713573437.jpg

८ बैशाख, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले काठमाडौं–तराई/मधेस द्रुतमार्ग...

त्रिभुवन विमानस्थलबाट सुनसहित एक महिला पक्राउ
Screenshot_20240420_06135-1713572949.jpg

८ बैशाख, हेटौंडा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय महिला पक्राउ परेकी छिन् ।  पक्राउ...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1713572046.jpg

८ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुन जेल चलान
Screenshot_20240419_20350-1713538215.jpg

७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला...

करेन्ट लागेर एक जनाको मृत्यु
1650160869_karent_Death_c-1713537219.jpg

७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...

हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

थप समाचार