Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

वडा अध्यक्ष उम्मेदवारसहित ७१ जना कांग्रेसमा

गाउँको विकास कांग्रेसबाटै मात्रै सम्भव : डिना

Sarikhet-Photo-1511786679.jpg

११ मंसिर, हेटौँडा । लोकतान्त्रिक गठबन्धन प्र्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर २ का उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले ग्रामिण भेगको विकास नेपाली कांग्रेसबाट मात्रै सम्भव रहेको बताएकी छिन् । खैराङमा भएको चुनावी सभामा कांग्रेस केन्द्रीय सदस्य समेत रहेकी डिनाले कम्युनिष्टहरु गाउँ पुगेर कुरा मात्रै गर्ने तर कांग्रेसमात्रै विकास लिएर गाउँ जाने बताईन् । कांग्रेसले क्षेत्र नम्बर २ मा विजय हासिल नगर्दा पनि सडक, स्वास्थ्य, शिक्षा, खानेपानीको क्षेत्रमा काम गरेको भन्दै तर जितेका उम्मेदवार भने गाउँमा गफ गर्न मात्रै पुग्ने गरेको बताईन् ।
कार्यक्रममा बोल्दै प्रदेशसभा २ का उम्मेदवार ईन्द्रबहादुर बानियाँले मकवानपुर क्षेत्र नम्बर १ का जनताले कांग्रेसलाई जिताउँदा विकासको लहर आएको भन्दै पश्चिमी मकवानपुरमा पनि विकासको काम अघि बढाउने प्रतिवद्धता व्यक्त गरे । आफु सके राज्य कोषबाट नसके आफ्नै खर्चमा पनि विकास गर्ने व्यक्ति भएको बताउँदै बानियाँले कम्युनिष्टहरु आफ्नो उम्मेदवारीबाट आत्तिएको दावि गरे । उम्मेदवारहरु उपाध्याय र बानियाँले सांसद बापत पाउने सेवा सुविधा नलिने बताएका थिए ।
खैराङ इकाई सभापति सुमन नगरकोटीको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य एवं राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, राप्रपा जिल्ला सदस्य देव लामा, लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचालन सहसंयोजक गोविन्द रिजाल, कांग्रेस क्षेत्रीय सभापति लोकबहादुर मोक्तान लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
कार्यक्रममा स्थानीय निकाय निर्वाचनमा नेकपा एमालेका तर्फबाट राक्सिराङ ९ नम्बर वडा अध्यक्षका उम्मेदवार शिवकुमार मल्लसहित विभिन्न पार्टीबाट ४३ जना र राक्सिराङ–३ युवा संघ ईन्चार्ज सुमन मल्ल, वाईसिएल ईन्चार्ज अनिस थिङसहित विभिन्न पार्टीमा आवद्ध २८ जना युवा कांग्रेसमा प्रवेश गरेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार