११ मंसिर, हेटौँडा । लोकतान्त्रिक गठबन्धन प्र्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर २ का उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले ग्रामिण भेगको विकास नेपाली कांग्रेसबाट मात्रै सम्भव रहेको बताएकी छिन् । खैराङमा भएको चुनावी सभामा कांग्रेस केन्द्रीय सदस्य समेत रहेकी डिनाले कम्युनिष्टहरु गाउँ पुगेर कुरा मात्रै गर्ने तर कांग्रेसमात्रै विकास लिएर गाउँ जाने बताईन् । कांग्रेसले क्षेत्र नम्बर २ मा विजय हासिल नगर्दा पनि सडक, स्वास्थ्य, शिक्षा, खानेपानीको क्षेत्रमा काम गरेको भन्दै तर जितेका उम्मेदवार भने गाउँमा गफ गर्न मात्रै पुग्ने गरेको बताईन् ।
कार्यक्रममा बोल्दै प्रदेशसभा २ का उम्मेदवार ईन्द्रबहादुर बानियाँले मकवानपुर क्षेत्र नम्बर १ का जनताले कांग्रेसलाई जिताउँदा विकासको लहर आएको भन्दै पश्चिमी मकवानपुरमा पनि विकासको काम अघि बढाउने प्रतिवद्धता व्यक्त गरे । आफु सके राज्य कोषबाट नसके आफ्नै खर्चमा पनि विकास गर्ने व्यक्ति भएको बताउँदै बानियाँले कम्युनिष्टहरु आफ्नो उम्मेदवारीबाट आत्तिएको दावि गरे । उम्मेदवारहरु उपाध्याय र बानियाँले सांसद बापत पाउने सेवा सुविधा नलिने बताएका थिए ।
खैराङ इकाई सभापति सुमन नगरकोटीको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य एवं राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, राप्रपा जिल्ला सदस्य देव लामा, लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचालन सहसंयोजक गोविन्द रिजाल, कांग्रेस क्षेत्रीय सभापति लोकबहादुर मोक्तान लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा स्थानीय निकाय निर्वाचनमा नेकपा एमालेका तर्फबाट राक्सिराङ ९ नम्बर वडा अध्यक्षका उम्मेदवार शिवकुमार मल्लसहित विभिन्न पार्टीबाट ४३ जना र राक्सिराङ–३ युवा संघ ईन्चार्ज सुमन मल्ल, वाईसिएल ईन्चार्ज अनिस थिङसहित विभिन्न पार्टीमा आवद्ध २८ जना युवा कांग्रेसमा प्रवेश गरेका छन् ।
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...


















