फाइल तस्विर
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले बागमती प्रदेश सरकारबारे ब्रिफिङ गरेका छन् । बानियाँले पार्टी केन्द्रीय कार्यालयमा जारी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा कांग्रेस नेतृत्वको बागमती प्रदेश सरकार र वर्तमान परिस्थितिबारे ब्रिफिङ गरेका हुन् ।
बैठकमा मुख्यमन्त्री बानियाँले प्रदेशको ठूलो दल नेपाली कांग्रेसले सरकारको नेतृत्व गरिरहेकोमा सत्ता साझेदार दल नेकपा एमालेले समर्थन फिर्ता लिए पछि अल्पमतमा परेको परिस्थितिबारे अवगत गराएका छन् । उनले हालको प्रदेशसभाको अंकगणित अनुसार बहुमतका लागि चाहिने संख्या कसैले पनि पुर्याउन नसकेको बताए । हाल नेकपा एमाले र नेकपाबीच सरकार गठनका लागि गठबन्धन भएपनि प्रदेशसभामा रहेका राप्रपा र नेमकिपाले कतै समर्थन नगरेको र हाम्रो नेपाली पार्टी कांग्रेस नेतृत्वको सरकारमा समावेश भईसकेकाले बहुमत पुग्न नसक्ने अवस्था रहेको स्पष्ट पारे । नेपाली कांग्रेस प्रदेश संसदीय दलले सबै दललाई नेपाली कांग्रेस नेतृत्वको सरकारमा समावेश भई प्रदेशमा देखिएको अन्यौलता अन्त्य गर्न लिखित आग्रह गरेपछि हाम्रो नेपाली पार्टी सरकारमा आएको बताउँदै उनले अन्य दललाई सरकारमा सहभागी गराउन आफु प्रयासरत रहेको जानकारी गराएका थिए ।
पार्टीको बागमती प्रदेशसभापति समेत रहेका बानियाँले पार्टीको आन्तरिक एकता मजबुद हुनुपर्ने धारणा राखेका थिए । विगतमा २००७ सालदेखि हालसम्मका आन्दोलनमा कांग्रेसले अन्य पार्टीसंग समेत सहकार्य गरेको स्मरण गराउँदै उनले आफ्नो आन्तरिक एकता मजबुद बनाउनुपर्नेमा जोड दिए । उनले विगतमा पनि सरकार र पार्टी नेतृत्वमाथि आलोचना हुने गरेकाले नेतृत्वमाथिको आलोचनालाई सामान्य रुपमा लिंदै पार्टी एकतालाई मजबुद बनाउनेतर्फ अघि बढ्न आग्रह गरे । पार्टी एकताका लागि आफुले गर्नुपर्ने सहयोग पार्टी नेतृत्वलाई सधैं रहने उनको भनाई थियो ।
उनले पार्टीका पूर्व पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई समेत पार्टी कार्यालयबाटै आफ्नो गतिविधि अघि बढाउन र पार्टीभित्रै संघर्ष गर्न आग्रह गरे । पार्टीभित्रका दुबै पक्षका केही अतिवादी प्रवृत्तिको आलोचना गर्दै उनले आफ्नो काम र व्यवहार सकारात्मक ढंगले अघि बढाउन उनले सुझाव दिए ।
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...
-1786539267.jpg)

















