Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

आशा विशेष पाठशालाको अभिभावक भेला सम्पन्न

dda-1683424239.jpg

२४ बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ कमानेमा रहेको सी आशा फाउण्डेसनद्धारा सञ्चालित आशा विशेष पाठशाला तथा पुर्नस्थापना केन्द्रको वार्षिक अभिभावक भेला शनिबार समपन्न भएको छ । 
विस २०७३ सालमा स्थापना गरिएको पुर्नस्थापना केन्द्रका अध्यक्ष बालकृष्ण चौलागाईको सभाध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्यतामा भेला भएको हो ।
प्रमुख अतिथि घलानले विद्यालयमा अध्ययनरत भित्रि क्षमता भएका बालबालिका तथा व्यक्तिहरुमा एउटा प्रतिभा लुकेको हुने र उक्त प्रतिभालाई पहिचान गरि बाहिर ल्याउँने काम गरिरहेको भन्दै आशा बिशेष पाठशालाको प्रशंसा गरे ।
उनले पाठशालाको विशेष खालका बालबालिका र युवाको हेरचाह र शिक्षादिक्षमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको पाठशालाको भौतिक तथा अन्य विकासका लागी तीनै तहको सरकारको ध्यान जानुपर्ने बताए । प्रमुख अतिथि घलानले जिल्ला समन्वय समिति मकवानपुरले आगामी दिनमा पाठाशालाको लागी सक्दो सहयोग र आवस्यक समन्वय गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा आशा विशेष पाठशाला तथा पुर्नस्थापना केन्द्रका संरक्षक आईना बार्काले आफ्नो सुरुवाती अवस्था देखी अहिले सम्म आइपुग्दा सबैको साथ, समन्वय र सहयोगले सफलता मिलेको बताइन् । उनले आगामी दिनहरुमा पनि यस्तै साथ, सहयोग, उत्प्रेरणा र समन्वय रहिरहने विश्वास लिएको बताइन् ।
केन्द्रका अध्यक्ष बालकृष्ण चौलागाईले विद्यालयको अवस्थाबारे जानकारी गराएका थिए भने विद्यालयका प्रिन्सीपल रुपा कार्कीले विद्यालयको आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो प्रतिभा नृत्य, गीत, कविता एकल तथा सामूहिक रुपमा प्रस्तुत गरेका थिए । साथै विद्यार्थीहरुद्धारा तयार पारिएको हस्तकलाका सामाग्रीहरु भेलामा प्रदर्शन  गरिएको थियो । 
कार्यक्रममा आशा विशेष पाठशाला तथा पुर्नस्थापना केन्द्रका संस्थापक संरक्षक आमा आईना वार्का, वडा ७ का अध्यक्ष दामोदर गौतम, फाउण्डेसन संस्थापक अध्यक्ष कैलाश न्यौपाने, शिक्षाविद् मोहन ज्ञवाली र दिवाकर चापागाई, केन्द्रका पूर्व अध्यक्ष प्रकाश पौडेल, वडा ६ का वडा सदस्य विजय पौडेल, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम लगायतको आतिथ्यता रहेका थियो । 
पाठशालामा डाउन्सिन्ड्रोम, अर्टिजम, सी.पि स्नायु पक्षघात, बौद्धिक तथा शारिरीक रुपमा भिन्न क्षमता भएका ५५ जना बालबालिका तथा युवाहरु अध्ययनरत रहेका छन् ।
 

ddaff-1683424239.jpg
fff-1683424273.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रिय राजनीतिमा तमासा भइरहेको छ: नेपाल
1587471088-1716026918.jpg

५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...

कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ
Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

नेपाल प्रहरीका ४ जना डीआईजी बढुवामा सिफारिस
images-1716005373.png

५ जेठ, हेटौंडा । गृह मन्त्रालयले नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक...

हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716004025.jpg

५ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश, मधेश प्रदेश र...

मकवानपुरको बकैयामा कार भिरबाट खस्यो, उद्दार कार्य जारी
images-1716001177.jpg

५ जेठ, हेटौंडा।  मकवानपुरको बकैयामा कार भिरबाट खसेको छ।शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत बकैया १२ चौतारा...

नेपाल प्रहरीका ४ एसएसपी डिआइजी बढुवामा सिफारिस
Nepal-Police_DIG-1715996616.jpg

५ जेठ, काठमाण्डौं। नेपाल प्रहरीका चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डिआइजी बढुवाका लागि सिफारिस  भएका...

थप समाचार