२७ बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ वनस्पतिका ५६ घरधुरीले मंगलबार जग्गाधनी लालपूर्जा पाएका छन् । राष्ट्रिय भूमि आयोग मकवानपुरले वनस्पतिमा बस्दै आएका ५६ घरधुरी सुकुम्बासीलाई लालपुर्जा वितरण गरेको हो ।
वनस्पतिमा ७४ घरधुरी सुकुम्बासी रहेकोमा मंगलबार ५६ घरपरिवारलाई लालपूर्जा वितरण गरिएको आयोगका अध्यक्ष बिष्णु दाहालले जानकारी दिए । उनले बाँकी १८ घरधुरी सुकुम्बासीलाई चाँडै लालपूर्जा प्रदान गरिने बताए ।
२०५० सालमा आएको बाढीपहिरोका कारण घरबार बिहीन भएका मकवानपुरको विभिन्न स्थानका स्थानीयहरुलाई तत्कालिन पदमपोखरी गाउँपालिकाको वनस्पतीमा स्थानान्तरण गरिएको थियो । उक्त स्थानमा ताइवानी सरकारको सहयोगमा ४०२ वटा घर निर्माण गरि बाढिपीडितहरुलाई बसोबासको व्यवस्था मिलाइएको थियो ।
बागमती प्रदेशका प्रमुख सचिव मुकुन्द निरौंला, आयोगका अध्यक्ष बिष्णु दाहाल, हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामा, उपमेयर राजेश बानियाँ लगाएतले संयुक्तरुपमा लालपूर्जा वितरण गरेका हुन् ।
२१ बैशाख, हेटौंडा । आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरि मनाइदैछ । दिवसकै अवसर पारेर नेपाल...
२१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...
२० बैशाख, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे हेटाैडा स्वास्थ्य चाैकीले बिहीबार देखी जनता स्वास्थ्य ...
२० बैशाख, काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन राष्ट्रपति...
२० बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ...
२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...
२० बैशाख, हेटौंडा । सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...
२० बैशाख, हेटौंडा । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल...
२० बैशाख, हेटौंडा । नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...
१५ बैशाख, हेटौंडा। हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ बैशाख १६ गते ...
१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...
१८ बैशाख, ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा...