Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

बिहीबारबाट हेटौंडामा स्वदेशी मार्ट सञ्चालनमा आउने

agrawal-1683768904.JPG

२८ बैशाख, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा बिहीबारबाट जमादार ग्रुपको परियोजना ‘स्वदेशी सुपरमार्केट’ सञ्चालनमा आउने भएको छ । हेटौंडा २ स्थित कान्तिराजपथ जमादार टे«डिङको भित्र स्वदेशी सुपरमार्केट सञ्चालनमा ल्याउन लागिएको हो । 
मकवानपुर उद्योग वाणिजय संघका अध्यक्ष कृष्णकुमार अग्रवालका छोरा अमित अग्रवालले सञ्चालनमा ल्याउन लागेको सुपरमार्केटको सम्पूर्ण तयारी पूरा भएको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । सुपरमार्केटको आज बिहीबार प्रतिनिधिसभा सदस्य, नेपाली कांग्रेसका नेतृ डा. आरजु राणा देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 
उद्घाटन समारोहमा कलाकार वर्षा शिवाकोटी, केकी अधिकारी, हास्य कलाकार जितु नेपाल र मिस नेपाल २०१० सदिक्षा श्रेष्ठको सहभागिता रहने सञ्चालक अमित अग्रवालले जानकारी दिए । करिब २ करोडको लगानी रहेको सुपरमार्केटमा स्वदेशी सामग्री मात्र पाईन उनले बताए ।
‘स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने र स्थानीय उत्पादनलाई समर्थन गर्ने हाम्रो लक्ष्य हो’, सुपरमार्केटका निर्देशक अग्रवालले भने, ‘सुपरमार्केटमा खाद्यवस्तुदेखि कपडा, घरको सजावट र व्यक्तिगत हेरचाहको सामग्रीहरु सुपथ मूल्यमा पाउन सकिनेछ ।’ नेपाली उत्पादन र प्याक गरिएका उत्पादनको प्रवद्र्धनले थप आत्मनिर्भर र दिगो अर्थतन्त्र निर्माणमा सघाउ पु¥याउँने सञ्चलक अग्रवालल बताए ।
उद्घाटनकै समयमा घोषणा हुने ट्रष्टमा सुपरमार्केटबाट आउँने नाफाको निश्चित प्रतिशत ट्रष्टलाई प्रदान गरिने बताइएको छ । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार अग्रवालले ५ वर्ष अमेरिका बसेर आएको आफ्नो छोराले हेटौंडामै सुपरमार्केट सञ्चालन गर्न लागेकोमा खुसी व्यक्त गरे । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714872576.jpg

२३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

जापानी विदेशमन्त्री योको नेपाल आउँदै
Capture-1714871318.JPG

२३ बैशाख, हेटौंडा । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपाल आउँदै छिन् । उनी उपप्रधानमन्त्री तथा...

अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई ६ विकेटले हरायो
f-1714869999.jpg

२३ बैशाख, हेटौंडा । पाँचौं तथा अन्तिम टी–२० क्रिकेटमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई छ विकेटले हराएको छ । वेस्ट...

गौरिटार क्रिकेट रंगशाला र स्विमिङ्ग पुलको शिलान्यास
shilanyash1-1714869633.jpg

२३ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले खेल क्षेत्रलाई व्यवसायीकरण गर्न आवश्यक...

आज हेटौंडा उपमहानगरको कामकाग बन्द रहने
IMG_20240504_094323-1714869218.jpg

२३ बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको नियमित  कामकाग आइतबार(आज) एक दिन बन्द रहेने भएको...

भीम विराग प्रतिष्ठानद्वारा ९ जना सम्मानित
Bhim-Birag-Puraskar-1714869219.jpg

२३ बैशाख, हेटौंडा । भीम विराग संगीत साहित्य कला प्रतिष्ठान हेटौंडाद्वारा साहित्य कला तथा संगित क्षेत्रमा...

प्रगतिशिल महिलाको साधारणसभा सम्पन्न
FB_IMG_1714866997448-1714867503.jpg

२३ बैशाख, हेटौंडा।  हेटाैडा ६  चुच्चेखाेलामा रहेकाे प्रगतिशिल महिला आपसी विकास संस्थाकाे २० औ वार्षिक...

मकवानपुरको थाहानगरमा लोडेरमा च्यापिएर हेल्परको मृत्यु
images-1714829938.jpg

२२ बैशाख, हेटौंडा। मकवानपुरको थाहानगरमा लोडर पल्टिदा च्यापिएर हेल्परको  ज्यान गएको छ। शनिबार दिउँसो  थाहा ९...

पत्रकार होम कार्कीलाई पितृशोक
hd-1714801329.jpg

२२ बैशाख, हेटौंडा । मकवानपुर गृह जिल्ला भई कान्तिपुर दैनिकमा कार्यरत पत्रकार होम कार्कीलाई पितृशोक परेको छ ।...

थप समाचार