२८ बैशाख, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा बिहीबारबाट जमादार ग्रुपको परियोजना ‘स्वदेशी सुपरमार्केट’ सञ्चालनमा आउने भएको छ । हेटौंडा २ स्थित कान्तिराजपथ जमादार टे«डिङको भित्र स्वदेशी सुपरमार्केट सञ्चालनमा ल्याउन लागिएको हो ।
मकवानपुर उद्योग वाणिजय संघका अध्यक्ष कृष्णकुमार अग्रवालका छोरा अमित अग्रवालले सञ्चालनमा ल्याउन लागेको सुपरमार्केटको सम्पूर्ण तयारी पूरा भएको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । सुपरमार्केटको आज बिहीबार प्रतिनिधिसभा सदस्य, नेपाली कांग्रेसका नेतृ डा. आरजु राणा देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
उद्घाटन समारोहमा कलाकार वर्षा शिवाकोटी, केकी अधिकारी, हास्य कलाकार जितु नेपाल र मिस नेपाल २०१० सदिक्षा श्रेष्ठको सहभागिता रहने सञ्चालक अमित अग्रवालले जानकारी दिए । करिब २ करोडको लगानी रहेको सुपरमार्केटमा स्वदेशी सामग्री मात्र पाईन उनले बताए ।
‘स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने र स्थानीय उत्पादनलाई समर्थन गर्ने हाम्रो लक्ष्य हो’, सुपरमार्केटका निर्देशक अग्रवालले भने, ‘सुपरमार्केटमा खाद्यवस्तुदेखि कपडा, घरको सजावट र व्यक्तिगत हेरचाहको सामग्रीहरु सुपथ मूल्यमा पाउन सकिनेछ ।’ नेपाली उत्पादन र प्याक गरिएका उत्पादनको प्रवद्र्धनले थप आत्मनिर्भर र दिगो अर्थतन्त्र निर्माणमा सघाउ पु¥याउँने सञ्चलक अग्रवालल बताए ।
उद्घाटनकै समयमा घोषणा हुने ट्रष्टमा सुपरमार्केटबाट आउँने नाफाको निश्चित प्रतिशत ट्रष्टलाई प्रदान गरिने बताइएको छ । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार अग्रवालले ५ वर्ष अमेरिका बसेर आएको आफ्नो छोराले हेटौंडामै सुपरमार्केट सञ्चालन गर्न लागेकोमा खुसी व्यक्त गरे ।
२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...
२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...





-1788745767.jpg)









-1788140988.jpg)

