Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

लटाराम्मेश्वमा झरनाको साहित्यिक पदयात्रा

yatru-1685407772.JPG

१६ जेठ, हेटौंडा । मकवानपुरको झरना साहित्यिक परिवारले सोमबार बकैया–ठिङ्गन–लटाराम्मेश्वर साहित्यिक पदयात्रा गरेको छ । २९०औँ साहित्य शृङ्खलाको अवसरमा ८० जनाको टोली सो क्षेत्रमा पदयात्रा गरेको हो । 
यात्राबाट फर्कनेक्रममा जङ्गलको बीचमा साहित्यिक परिवारका अध्यक्ष विश्वनाथ सञ्जेलको सभाध्यक्षतामा रचना वाचन गरिएको थियो । कार्यक्रमलाई सचिव मसान उपासकले सहजीकरण गरेका थिए ।
कार्यक्रममा बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, निमित्त प्रशासकीय अधिकृत मिलन दुलाल, बकैया गापा वडा नं. ८, ९, ११ र १२ का वडाअध्यक्षहरू, पुरस्कार संस्थापक तुल्सी गिरी, नेपाली भाषा शिक्षण समिति मकवानपुरका अध्यक्ष केशव सञ्जेललगायत शिक्षक, कर्मचारीलगायतको सहभागिता रहेको थियो ।
साहित्य सर्जकहरू केशव समर्पण, दीपक गौतम, चिरञ्जीवि लामिछाने, छवि अनित्य, सानु खनाल, डिबी बर्तौला, हरि पौड्याल, विशाल अधिकारी आशुतोष, यश लामा, स्वस्तिका दाहाल, अमृता लामिछाने, स्वस्तिका बानिया, प्रयासी प्रविना पौडेल लगाएत साहित्यकारहरुको उपस्थिति रहेको थियो ।
विभिन्न स्थानको पदयात्रा, महोत्सव, बहस, अन्तरक्रिया, स्रष्टा सम्मान तथा साहित्यिक कार्यशाला सञ्चालन गर्दै आएको साहित्यिक परिवार यस क्षेत्रको सक्रिय संस्था हो । सोमबार यात्रा गरिएको बकैया गाउँपालिकाको लटाराम्मेश्वर पछिल्लो पटक पदयात्रीहरूको रोजाईमा रहेको पदयात्रा मार्ग हो । 
विकट भौगोलिक स्वरूपका कारण कठिन तर रोचक यात्रा रहने ललितपुरका ४७ जनाको टोलीमध्येका एक पदयात्रीले बताए । सो स्थलमा स्थानीय तहले पैदल यात्राका लागि बाटो विस्तार, छेकबार लगायतका व्यवस्थापन तथा निर्माण कार्य गरिरहेको छ । त्यसलाई अझ सुधार गर्दै धेरैभन्दा धेरै पर्यटक भित्र्याउने र अन्य स्थानभन्दा भिन्न हावापानी, हुस्सुले ढिकिरहने विशाल पर्वतहरूको सिंहावलोकनका लागि यस स्थानलाई स्तरोन्नति गर्नेतर्फ ध्यान दिइएको जनप्रतिनिधिहरूले बताए ।
पद यात्रामा आवस्यक आर्थिक सहयोग बकैया गाउँपालिकाको वडा नम्बर ११ र १२ का वडा अध्यक्ष क्रमश गोपालबहादुर न्यासुर ज्ञानेन्द्र बजगाईँ गरेका थिए । मकवानपुरका साहित्यिक संस्थाहरूले साहित्यिक यात्रा, पदयात्रा, महोत्सव रचना वाचन, प्रतियोगिताहरू सक्रियरूपमा सञ्चालन गर्दै आइरहेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुन जेल चलान
Screenshot_20240419_20350-1713538215.jpg

७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला...

करेन्ट लागेर एक जनाको मृत्यु
1650160869_karent_Death_c-1713537219.jpg

७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...

हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

थप समाचार