Email :- prastakhabar@gmail.com
IMG-a28a0eeff86c1849c3d54-1688573601.jpg

समाज

गुणस्तरीय समानको बजारीकरण उपमहानगरले गर्ने

ddr-1685407997.JPG

१६ जेठ, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामाले महिला उदामिले उत्पादन गरेको गुणस्तरीय सामानको बजारीकरणमा उपमहानगरले सहयोग गर्ने बताएकी छन् ।
चालु अर्थिक बर्ष २०७९÷०८० मा नगरका बिभिन्न वडाहरुमा उपमहानगरको आर्थिक सहयोगमा सञ्चालन भएको महिला उद्यमि बिकास तालिमबाट प्रशिक्षितहरु सहभागि उद्यमशिलता अभिमुखिकरण एवम् अन्तरक्रिया कार्यक्रमलाई संबोधन गर्दै नगर प्रमुख लामाले दिगो आर्यआर्जनका लागि साना लगानीमा उत्पादन भएका गुणस्तरीय सामानको बजारीकरणका लागि चिन्ता नलिन आग्रह गरीन् । 
उपमहानगरले बिषेश गरी महिलाहरुलाई आफ्नै चिनारी बनाउँनका लागि टोल टोलमा पुगेर बिभिन्न तालिम दिइरहेकोब उनले बताइन् । अरुले चिनाउँने होइन, आफै चिनिने वातबरण बनाउन उद्यममा लाग्नुपर्ने उनको भनाई थियो । उनले सिकेको सिपलाई व्यवहारमा उर्तार्दै काम गर्दै जान आग्रह गरीन् । 
गाउँमा उत्पादन भएको सामानको बजारीकरणका लागि उपमहानगरले हेटौंडामा कोशेली घर सञ्चालन गरेको भन्दै त्यही बाट पनि आफ्नो उत्पादन बिक्री गर्न सकिने नगरप्रमुख लामाले बताइन् । अन्तरक्रिया कार्यक्रममा व्यवसायमा रहेका महिलाहरुले आफ्नो व्यवसायमा रहेका समस्याको बारेमा बताएका थिए । 
हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोग तथा जालपादेवी महिला उद्यमी केन्द्रको आयोजनामा भएको कार्यक्रममा  हेटौंडा ११ का अध्यक्ष जुना दाहाल, हेटौंडा उपमहानगरपालिका सहकारी तथा उद्योग शाखाका प्रमुख हिमप्रसाद पौडेल लगाएतकाले मन्तव्य राखेका थिए । कार्यक्रम उद्यमी केन्द्रका अध्यक्ष गिता मैनालीको अध्यक्षतामा भएको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Screenshot_20230718_19014-1689686225.jpg
Hetauda-Campus-1691121351.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साफ यू-१९ फुटबल: नेपाल भारतसँग पराजित
20230927_210048-1695827863.jpg

१० असोज, काठमाडौं । साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ ।...

चौधरीको हत्यामा आरोपमा एक जना पक्राउ
Screenshot_20230626_21040-1695813270.jpg

१० असोज, सप्तरी । सप्तरीको  कञ्चनरुप नगरपालिका-७ बलुवाका २५ वर्षीय राहुलकुमार चौधरीको हत्यामा संलग्न रहेको...

राष्ट्रपति पौडेलले नवनियुक्त चार राजदूतलाई शपथग्रहण गराए
20230927_134137-1695801751.jpg

१० असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त चार राजदूतलाई बुधबार शपथग्रहण गराएका छन्...

सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घट्यो
gold-1-e1517980737571-1695800481.jpg

१० असोज, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको हो...

प्रधानमन्त्री दाहाल तिव्बतको ल्हासा पुगे
20230927_131900-1695800153.jpg

१० असोज, काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल बुधबार छोङ्छिङ्बाट ल्हासा पुगेका छन्...

पुरुष क्रिकेटमा मंगाेलियाविरुद्ध नेपालको फराकिलो जित
Screenshot_20230927_13085-1695799553.jpg

१० असोज, काठमाडौं । १९ औं एसियाली खेलकुदअन्तर्गत नेपालले बुधबार पुरुष क्रिकेटको पहिलो खेलमा मंगाेलियाविरुद्ध...

लक्ष्मिनियामा एक युवकको गोली हानी हत्या
Goli-1695785752.jpg

१० असोज, काठमाडौं । बाराको पचरौता नगरपालिका–६ लक्ष्मिनियामा एक युवकको गोली हानी हत्या भएको छ । हत्या हुनेमा...

एमाले बागमती प्रदेश अधिवेशनमा निर्वाचन प्रक्रिया शुरू
UML_Bagmati_Province_asse-1695779926.jpg

१० असोज, काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अधिवेशन अन्तरगत आजबाट निर्वाचन प्रक्रिया शुरू भएको छ । निर्वाचन...

प्रधानमन्त्री दाहाल चीनको स्वशासित क्षेत्र ल्हासा जाँदै
20230923_121809-1695779342.jpg

१० असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा जाँदैछन्...

थप समाचार
Aayurbed-Kendra-Adv-16849-1687058287.jpg