१६ जेठ, हेटौंडा । १६ औं गणतन्त्र दिवसको अवसरमा बागमती प्रदेश सरकारले सोमबार प्रदेशको राजधानी हेटौंडामा ६ जना पत्रकारलाई सम्मान गरेको छ ।
प्रदेश सरकारले प्रदेशको विकास र समृद्धिमा भूमिका खेलेको भन्दै जनही नगद २० हजार रुपैयाँ सहित प्रदेशका विभिन्न जिल्लाका ६ जना पत्रकारहरुलाई सम्मान गरेको हो ।
प्रदेश सरकारले विकाश पत्रकारिता सम्मानबाट चितवनका पत्रकार अनिल ढकाल, ग्रामीण पत्रकारिता सम्मानबाट मकवानपुरका पत्रकार शिवकुमार रिजाल ‘काशी’, प्रदेश गौरव पत्रकारिता सम्मानबाट नुवाकोटकी पत्रकार शक्तिमाया तामाङलाई पुरस्कृत गरेको छ । यस्तै अग्रज पत्रकार सम्मानबाट सिन्धुपाल्चोकका सुरेश कसजु, र युवा पत्रकारिता सम्मानबाट सिन्धुलीका विक्रम रत्नलाई पुरस्कृत गरिएको हो ।
यसैगरी प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको खुला लेख प्रतियोगिता मार्फत् ६ जनालाई पनि पुरस्कृत गरेको छ । प्रदेश सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्रालयले उक्त लेख संकलन तथा मुल्यांकन गरि ६ जनालाई पुरस्कृत गरिएको हो ।
यसरी पुरस्कृत हुनेमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अधिकृत सुरेन्द्र कार्की प्रथम, मकवानपुरकी क्रियाशील पत्रकार सुनिता विष्ट र प्रेमकला पौडेल द्वितीय हुँदा काठमाडौँका पत्रकार फणीन्द्र फुयाँल, पत्रकार अनीश मिजार र शिवराज योगी तृतीय भएका छन् ।
उनीहरुलाई क्रमश नगद १५ हजार रुपैयाँ, १०÷१० हजार रुपैयाँ र ५÷५ हजार रुपैयाँ सहित पुरस्कृत गरिएको छ ।
१० असोज, काठमाडौं । साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ ।...
१० असोज, सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका-७ बलुवाका २५ वर्षीय राहुलकुमार चौधरीको हत्यामा संलग्न रहेको...
१० असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त चार राजदूतलाई बुधबार शपथग्रहण गराएका छन्...
१० असोज, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको हो...
१० असोज, काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल बुधबार छोङ्छिङ्बाट ल्हासा पुगेका छन्...
१० असोज, काठमाडौं । १९ औं एसियाली खेलकुदअन्तर्गत नेपालले बुधबार पुरुष क्रिकेटको पहिलो खेलमा मंगाेलियाविरुद्ध...
१० असोज, काठमाडौं । बाराको पचरौता नगरपालिका–६ लक्ष्मिनियामा एक युवकको गोली हानी हत्या भएको छ । हत्या हुनेमा...
१० असोज, काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अधिवेशन अन्तरगत आजबाट निर्वाचन प्रक्रिया शुरू भएको छ । निर्वाचन...
१० असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा जाँदैछन्...
४ असोज,हेटौँडा । हेटौंडामा श्रीमानको कुटाईबाट श्रीमती गम्भीर घाइते भएकी छिन् । बुधबार राति हेटौंडा–१४ नयाँ...
१ असोज, हेटौंडा । पुर्व-पश्चिम लोकमार्ग अन्तर्गत पथलैया-निजगढ सडकखण्डको जितपुरसिमरा-१६ बाह्रकिलोमा पिकअप भ्यान...
२९ भदौ,हेटौँडा । मकवानपुरका सामुदायीक विद्यालयमा कार्यरत शिक्षकहरुको हकहित विपरित भएको भन्दै हेटौँडामा शिक्षा...
३१ भदौ,हेटौँडा । मकवानपुरको मनहरी र मकवानपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतको सरुवा भएको छ । आइतबार...
३० भदौ,हेटौँडा । भदौ २७ गते हेटौँडास्थित सन्चो अस्पतालका डाक्टर विकास थापा तथा प्रशान्त विडारी माथि भएको...
१ असोज, हेटौंडा । हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट विदेशी मुद्रासहित एक भारतीय पक्राउ परेका छन् । पक्राउ...
८असोज,हेटौँडा । पुर्व पश्चिम राजमार्ग अन्र्तगत चितवनको खुरखुरेमा दुइवटा यात्रुवाहक बस ठोक्किदा ३१ यात्रु...
१ असोज ,हेटौँडा । नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघ मकवानपुरको आयोजनामा यहि असोज १३ गते हेटौँडामा हुने...
७ असोज, हेटौंडा । मकवानपुर प्रहरीले २ फरार प्रतिबादी पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन पदमपुर घर भई हेटौडा-१६...