२४ जेठ, हेटौंडा । बागमती प्रदेशमा अपराधका मुद्धा दर्ता ३.१ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको तथ्यांक अनुसार गत आव २०७८/७९ को तुलनामा चालु आव २०७९/०८० को जेठ २२ गतेसम्ममा अपराधका मुद्धा दर्ता ३.१ प्रतिशतले बढेको देखिएको हो ।
गत आर्थिक बर्षमा ३९३४ मुद्धा दर्ता भएकोमा चालु आव यो अवधीमा ४०५४ मुद्धा दर्ता भएको तथ्यांकमा उल्लेख छ । कर्तव्य ज्यान मुद्धा गत आवमा ५५ मुद्धा दर्ता भएकोमा ३४.५ प्रतिशतले घटेर चालु आवमा ३६ मुद्धा दर्ता भएको छ । ज्यान मार्ने उद्योगमा गत आवमा १०२ मुद्धा दर्ता भएकोमा ३८.२ प्रतिशतले कमी आएर ६३ मुद्धा दर्ता भएका छन् । सवारी ज्यान मुद्धामा गत आवमा २९७ मुद्धा दर्ता भएकोमा चालु आवमा ३० प्रतिशतले कमी आई २०८ मुद्धा दर्ता भएको तथ्यांकले देखाएको छ । लागु औषध मुद्धा गत आवमा ३०५ दर्ता भएकोमा चालु आवमा ५.६ प्रतिशतले बढेर ३२२ वटा दर्ता भएको छ । जवरजस्ती करणी उद्योग अन्तरगत गत आर्थिक बर्षमा ६१ मुद्धा दर्ता भएकोमा चालु आवमा ३.३ प्रतिशत घटेर ५९ वटा मुद्धा दर्ता भएको छ ।
त्यस्तै, गत आवमा आत्महत्याका ७८९ मुद्धा दर्ता भएकोमा चालु आवको यो अवधीमा ०.६ प्रतिशत बढेर ७९४ मुद्धा दर्ता भएको छ । गत आवमा ठगीका ४० मुद्धा दर्ता भएकोमा चालु आवमा ४२.५ प्रतिशतले बढेर ५७ मुद्धा दर्ता भएको छ । चोरीका मुद्धा गत आवमा २३६ वटा दर्ता भएकोमा ९.७ प्रतिशतले बढेर चालु आवमा २५९ मुद्धा दर्ता भएको छ । त्यस्तै, गत आवमा ३० जुवासम्बन्धी मुद्धा दर्ता भएकोमा १० प्रतिशतले बढेर चालु आवमा ३३ मुद्धा दर्ता भएको छ । बहुविवाह मुद्धा गत आवमा ८५ मुद्धा दर्ता भएकोमा २३.५ प्रतिशतले घटेर चालु आवमा ६५ मुद्धा दर्ता भएको छ । त्यस्तै, अन्य शिर्षकमा गत आवमा १६९६ मुद्धा दर्ता भएकोमा चालु आवमा १४ प्रतिशतले बढेर १९३४ मुद्धा दर्ता भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...
५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...
५ जेठ, हेटौंडा । कान्तिलोकपथमा अन्तर्गत भिमफेदी-८ कालोपहिरोमा फेरी अर्को दुर्घटना भएको छ। शनिबार बिहान लोकपथ...
५ जेठ, हेटौंडा । मकवानपुरे पत्रकार मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित...
५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...
५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...
५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...
५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...
५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १को विकट मानिएको घ्याङ्सिङटार जोड्ने...
२ जेठ, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत बागमती गाउँपालिकामा बुधबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको...
४ जेठ, काठमाडौं । मकवानपुरको मनहरी–६ स्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ...
२८ बैशाख, हेटौंडा । अश्लिल भिडियो सामाजिक सञ्जालमा हालेर श्रीमतीको चरित्रहत्या गरेको आरोपमा मकवानपुरका एक युवक...
५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...
२३ बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको नियमित कामकाज आइतबार (आज) एक दिन बन्द रहने भएको...
३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...
२९ बैशाख, हेटौंडा। मकवानपुरको हेटौंडामा भतिजाले आफ्नै काकीलाई कैची प्रहार गर्दा काकी गम्भीर घाइते भएकी...
१ जेठ, हेटौंडा । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडामा मंगलबार अगुवा कार्यकर्ता भेला तथा छलफल गरेको छ...
२६ बैशाख, ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्याक्टर दुर्घटना हुँदा एक...