Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

जिप्रका मकवानपुरमा स्मार्ट कन्ट्रोल रुम, १०० मा फोन नलाग्ने गुनासोको अन्त्य 

FB_IMG_1686716735059-1686716800.jpg

 
३१ जेठ ,हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रहरी कन्ट्रोल रुमको १०० मा फोन नलाग्ने जनगुनासोको अन्त्यका लागि स्मार्ट   कन्ट्रोल रुम संचालनमा ल्याइएको छ ।
बुधबार बिहान जिल्ला प्रहरी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले स्मार्ट   कन्ट्रोल रुमका्े उदघाटन गरेका हुन् । स्मार्ट कन्ट्रोल रुम उदघाटन गर्दै उपरीक्षक गौतमले स्मार्ट कन्ट्रोल रुमको सुरुवात भएपछि प्रहरी कन्ट्रोलमा फोन नलाग्ने, घटनास्थलमा समयमै प्रहरी नपुग्ने जस्ता जनगुनासोको अन्त्य हुने बताए । सुचना प्रविधिको पहुचको विस्तार भएसँगै मकवानपुरमा हुने घटना,दुर्घटनामा प्रहरीको छिट्टै उपस्थिती रहन सहयोग पुगोस भनेर मकवनापुर प्रहरीको नयाँ प्रविधि सहित स्मार्ट  कन्ट्रोल रुमको थालनि गरेको गौतमले बताए । 
प्रहरी उपरीक्षक गौतमले हाललाई ३ वटा फोन र कम्प्युटरसहित रुमको सुरुवात गरिएको र केही दिनमा यससँग सम्बन्धीत एपबाट थप सेवा सुरु गरिने बताएका छन् । उदघाटन कार्यक्रममा प्रहरी निरीक्षक राजु केसीले स्मार्ट  कन्ट्रोल रुमबाट हुने फाइदा र यसको प्रयोगको बारेमा जानकारी गराएका थिए । प्रहरी निरीक्षक केसी काठमाडौँ प्रहरी परिसरमा सुरु भइरहेको यस रुमको मकवानपुरमा पनि सुरुवात गरिएको बताए ।  कार्यक्रममा पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतम, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्काी, मकवानपुरका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक वसन्त आर्चाय, प्रहरी निरीक्षक रामचन्द्र  घिमिरेको उपस्थिती रहेको थियो ।

FB_IMG_1686716737177-1686716802.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ७ न्युरेनीमा बिच सडकमै पल्टियो सुमो
FB_IMG_1716049899279-1716050350.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...

कांग्रेस हेटौँडाको बैठक, क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित गरिने
Screenshot_20240518_18062-1716035241.jpg

५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...

कान्तिलोकपथमा फेरी अर्को दुर्घटना, दुईजना घाइते
105389346-1716032888.jpg

५ जेठ, हेटौंडा । कान्तिलोकपथमा अन्तर्गत भिमफेदी-८ कालोपहिरोमा फेरी अर्को दुर्घटना भएको छ। शनिबार बिहान लोकपथ...

पत्रकार गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत
Screenshot_20240518_16543-1716030600.jpg

५ जेठ, हेटौंडा । मकवानपुरे पत्रकार मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित...

राष्ट्रिय राजनीतिमा तमासा भइरहेको छ: नेपाल
1587471088-1716026918.jpg

५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...

कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ
Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

थप समाचार