Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

सामुदायिक सेवा केन्द्र र प्रहरी सेवा केन्द्रद्वारा पत्रकार सम्मानित

fg-1687134397.jpg

४ असार, हेटौंडा । सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरले आइतबार हेटौंडामा भएको एक कार्यक्रमकाबीच ४ जना पत्रकारलाई सम्मान गरेको छ ।
आइतबार केन्द्रले हेटौंडा एफएम तथा नेशनल गोल्ड एचडीका प्रकाश दाहाल, साझा सन्देश डटकमका विश्वराम अधिकारी, सिधाखबर डटकमका श्रीराम अर्जुन र साझापत्र डटकमका प्रबेश धिताल कुन्दनलाई संस्थाको उद्देश्य प्राप्तिको लागि पत्रकारिता मार्फत सघाएको भन्दै सम्मान गरेको हो ।
यस्तै केन्द्रले पत्रकारहरुसँगै विभिन्न विधामा सम्मान तथा आजिवन सदस्यता वितरणसमेत गरेको थियो । केन्द्रले स्वास्थ्यकर्मीतर्फ भवानी मिश्र, मुस्कान पौडेल, कृष्ण मोहन श्रीवास्तव, तीर्थ थापा र सिम्रन थापा, स्वंमसेवीतर्फ अस्मिता अर्याल कोईराला, समीक्षा ढकाल र नानु स्याङ्तानलाई सम्मानित गरेको छ ।
यसैगरी संस्थागत रुपमा विभिन्न आमा समूह, टोल विकास संस्था, विद्यालय, क्योकुशिन कराँते संघ, चर्च, उपभोक्ता हित संरक्षण मञ्च लगायत तीस जनालाई सम्मान गरेको केन्द्रका अध्यक्ष राम विष्टले जानकारी दिए । 
कार्यक्रमकी प्रमुख अतिथि बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक किरण राणाले मकवानपुर जिल्ला ड्रग्सको हवको रुपमा रहेको भन्दै यसको न्यूनीकरणमा सम्पूर्ण टोल, समाज  लाग्नुपर्नेमा जोड दिइन् ।
‘बागमती प्रदेशमा करिब ७ हजार बर्दीवाला प्रहरी तपाईंहरुको सुरक्षामा तैनाथ छन् । तर, समाज सुधारको लागि बर्दिवाला प्रहरीसँगै बिनाबर्दीका प्रहरी अर्थात तपाईहरुको पनि दायित्व उत्तिकै छ ।’ डिआइजी राणाले भनिन्, ‘हजुरहरुकै साथ, सहयोग र सहकार्यमा हामीले लागु औषध सेवन, साईबर अपराध तथा समाजमा भएका विकृतिको अन्त्य गर्न हामी सफल हुनेछौं ।’
केन्द्रका अध्यक्ष राम विष्टको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका पुर्व प्रमुख रघुनाथ खुलाल, सीताराम बर्तौला, प्रगति उच्च माविका अध्यक्ष प्रदीप पराजुली, जिजस सदस्य वीरेन्द्र लामा, वडा नम्बर ९ का कार्यबहाक अध्यक्ष विष्णु लामा, प्रगति विद्यालयका प्राचार्य निरन्जन ढकाल, इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख प्रहरी निरिक्षक राजु केसी लगायत सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कांग्रेस बागमतीको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240519_05512-1716077327.jpg

६ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती गाउँपालिकाले शनिबार बागमतीको बोर्डिङचौरमा क्रियाशिल नविकरण तथा...

सविक विजेता चेन्नई आइपीएलबाट बाहिरियो
Capture-1716084959.JPG

६ जेठ, हेटौँडा । साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर...

बागमतीमा ४ वटा समितिले पाए नेतृत्व
pradesh-sabha-1716084340.JPG

६ जेठ, हेटौँडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै पन्ध्र महिनापछि ४ वटा संसदीय समितिहरुले...

बागमतीमा संसदीय समितिको संख्या ६ पुग्यो
Capture-1716084293.JPG

६ जेठ, हेटौँडा । यसअघि बागमती प्रदेश सभामा दलहरुबीच संसदीय समितिको सभापतिको नेतृत्वको विषयलाई लिएर सहमती हुन...

लर्ड बुद्व विधार्थीहरुद्वारा रानी वनकाे अबलोकन
FB_IMG_1716076507559-1716076643.jpg

६ जेठ, हेटाैडा । हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको काठमाडौंमा रहेकाे लर्ड बुद्व कलेजका...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716076886.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश लगायत देशका पहाडी...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै
lumbini-pardesh-sawa_3qou-1716075415.jpg

६ जेठ, दाङ । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभाको बैठक दिउँसो १ बजे बस्ने भएको हो ।  बैठकमा...

हेटौंडा ७ न्युरेनीमा बिच सडकमै पल्टियो सुमो
FB_IMG_1716049899279-1716050350.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...

कांग्रेस हेटौँडाको बैठक, क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित गरिने
Screenshot_20240518_18062-1716035241.jpg

५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...

थप समाचार