९ असार, हेटौंडा । राक्सिराङ् गाउँपालिकाले आगामी आर्थिक वर्षमा खाद्य तथा पोषण सुरक्षा योजना-२०७८ लागु गर्दै बसाई सरि आउनेलाई घर उपहार देखी औद्योगिक ग्राम स्थापना कार्यको आरम्भ सम्मको निती सहितको कार्यक्रम सार्वजनिक गरेको छ ।
आज शनिवार चैनपुरमा बसेको १४ औ गाउँसभाको बैठकमा आगामी आवको अनुमानित बजेट सार्वजनिक गर्नुको साथै वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिएको गाउँपालिकाका अध्यक्ष राज कुमार मल्ले जानकारी दिएका छन्।
मल्लका अनुसार आगामी आर्थिक वर्षको बजेटमा भौतिक पूर्वाधार, खानेपानी, सडक सञ्जाल, आर्थिक विकास, कृषि र स्वरोजगारलाई प्राथमिकता दिइने भएको हो गाउँपालिकाले भूउपयोग नीती तथा भुनी व्यवस्था योजना र खाद्य तथा पोषण सुरक्षा योजना २०७८ लागु गरिने जनाइएको छ ।
स्थायी संरचना विकास हुने खालका योजना तर्जुमा एवं प्राप्त स्रोतको एकीकृत रुपमा परिचालन गरी विकासका स्थानीय गौरवका ठुला एवं बहु वर्षीय आयोजनाहरु संचालनलाई प्राथमिकता दिइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
त्यसैगरी स्थानीय खानेपानी तथा स्वच्छता योजना तर्जुमा गरी खानेपानी मुहान संरक्षण गरिने छ । त्यसैगरी गाउँपालिकाले पालिका भित्र बसाई सरि आउन आकर्षण गर्न सुन्दर समाज हाम्रो सार, बसाई सरि आउनेलाई घर उपहार कार्यक्रम संचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । त्यसैगरी चटयाङ न्यूनीकरणका लागि लाइ्टनिङ आरेस्टर तडित निरोधक जडानको लागि अनुदान कार्यक्रमलाई निरन्तरता दिइने जनाईएको छ । चालु आवका कामहरु निरन्तर गरिने आगामी आवमा थप रचनात्मक र जनहितका कामहरु गरिने अध्यक्ष मल्लले जानकारी दिएका छन्।
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

















-1786686763.jpg)
