Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राक्सिराङ गाउँपालिका

राक्सिराङको आगामी आर्थिक वर्षको बजेट ५७ करोड ८८ लाख ९७ हजार

Screenshot_20230624_15303-1687599957.jpg

९ आसार, हेटौंडा । राक्सिराङ गाउँपालिकाको १४ गाउँसभाले आर्थिक वर्ष २०८०।८१ का लागि सार्वजनिक गरेको ५७ करोड ८८ लाख ९७ हजारको बजेट सर्वसम्मत पारित गरेको छ।आज बसेको सभाले  राक्सिराङ  गाउँपालिकाको गाउँ सभाद्वारा आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो । 

गाउँपालिका अध्यक्ष राजकुमार मल्लका अनुसार बजेटले प्राथमिकतामा पारेका क्षेत्रमा भौतिक एवं सामाजिक पूर्वाधारको विकास गरि कैलाश बासिको जीवनयापनमा सहजिकरण गर्ने,कृषि क्षेत्रको व्यवसायीकरण र आधुनिकिकरण गर्ने, सीपयुक्त मानव विकासमा जोड दिने, जनसहभागिता र पारदर्शिता कायम गरि सुशासन प्रबद्र्धन गर्ने जस्ता कार्यक्रम तय गरिएका छन्। बजेट गाउँपालिका उपाध्यक्ष बनस्यम थिङले आजको सभामा प्रस्तुत गरेका थिए। 

     **यस्तो छ  बजेटका केहि प्रमुख कार्यक्रमहरु**

*शिक्षा तर्फ १५ लाख ७२ लाख  रुपैंया बजेट विनियोजन गरिएको छ ।

* राक्सिराङ गाउँपालिकाका सबै नागरिकलाई स्वस्थ बनाइ सबल मानव पुँजी निर्माणका लागि संघीय एवं प्रदेश तहसँगको समन्वयमा निशुल्क आधारभुत स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउनका लागि सामाजिक विकासतर्फ २२ करोड ६७  लाख ७८ हजार रुपैंया बजेट विनियोजन गरिएको छ ।

*महिला, बालबालिका, अपांग, दलित, जनजाती जेष्ठ नागरिक  वर्गहरुको क्षमता अभिवृद्धि, नेतृत्व विकास र शसक्तिकरणका लागि २८ लाख रुपैंया बजेट विनियोजन गरिएको छ ।

* राक्सिराङले लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने उद्देश्यका साथ खेलकुद पूर्वाधारको विकास गर्न तथा खेल मैदान निर्माण गर्न ११ लाख र स्वास्थ्यका लागि ४ करोड ७० लाख रुपैंया बजेट विनियोजन गरिएको छ ।

* स्वच्छ खानेपानी कार्यक्रम र मुहान संरक्षण जस्ता योजनाका लागि १ करोड ६० लाख  रुपैंया बजेट विनियोजन गरिएको छ ।

*प्रथा, परम्परा, संस्कृति सम्पदा, संग्रहालय आदिको विकास र विस्तारका लागि ११ लाख रुपैंया बजेट विनियोजन गरिएको छ ।
* सडक पुल तथा झोलुङ्गे पुल निर्माणा लागी ४ करोड ९९ लाख विनियोजन गरेको छ । 

* बसाई सरी आउनेलाई घर उपहार कार्यक्रम अन्तर्गत पूर्वाधारको विकासका लागि ७ करोड ३० लाख रुपैंया बजेट विनियोजन गरिएको छ ।
* संचार तथा सूचना कार्यक्रम तर्फ ३३ लाख ,त्यसैगरी विपद व्यवस्थापन का लागि ४० लाख विनियोजन गरेको छ । 

* कृषि क्षेत्रको लागि १ करोड ७२ लाख रुपैंया,उद्योग रोजगारी प्रवर्द्धन तथा ग़रीबी निवारण लागि २५ लाख रुपैंया, सहकारी तर्फ ५ लाख , संस्कृति तथा पर्यटन विकास तथा प्रबद्र्धनका लागि २७ लाख रुपैंया बजेट विनियोजन गरिएको छ ।
संघीय सरकारबाट प्राप्त अनुदान ४२ करोड ५९ लाख रहेको जनाइएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

थप समाचार