Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

धानको परनिर्भरता हटाउन उत्पादन बढाउनुपर्छः प्रदेश प्रमुख शर्मा 

Pradesh-Pramukh-Sharma-1688089791.jpg

१५ असार, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले राष्ट्रिय अर्थतन्त्रमा धानको अत्यन्त महत्वपूर्ण योदान रहँदै आएको बताएका छन् ।
विहीबार आज मनाइँदै गरिएको २० औं राष्ट्रिय धान दिवसका सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले कृषिका लागि प्रशस्त सम्भावना भएको देश नेपालमा धानलाई मुख्य खाद्य बालीका रुपमा लिइने बताउँदै यसको अर्थतन्त्रमा महत्वपूर्ण योगदान रहेको उल्लेख गरेका छन् ।
असार १५ अर्थात्, आजको ‘दिनलाई मानो रोपेर मुरी उब्जाउने’ महिनाको मध्ये दिनका रुपमा पनि हामीले लिने गरेको भन्दै प्रमुख शर्माले वि.सं.२०२० को दशकसम्म नेपाल दक्षिण एसियामा सबैभन्दा बढी धान उत्पादन गर्ने देशका रुपमा परिचित रहेको उल्लेख गरेका छन् । 
‘तर, विगत केही वर्षयता नेपालमा धानको आपूर्ति व्यवस्थापन गर्न सक्ने अवस्था हुँदाहुँदै पनि आयात बढिरहेको तथ्याङ्क छ ।’ धानको उत्पादन घट्न गई आयात बढेकोप्रति प्रमुख शर्माको चिन्ता छ । 
‘खेतीयोग्य जमिन मासिदै र बाँझिदै गएको छ, जसबाट कृषिमा परनिर्भरता बढेको छ ।’ प्रमुख शर्माले भन्नुभएको छ । यस खालको अवस्था न्यूनीकरण गर्न धानको उत्पादन वृद्धि गर्नुपर्ने शर्माको भनाई  छ । 
‘बाँझो रहेको हाम्रो जमिनमा खेती गर्नका लागि अभियान नै चलाईनुपर्दछ ।’ उनले आफ्नो शुभकामनामा भनेका छन्, ‘तराईका फाँटहरूमा धान उत्पादनलाई प्राथमिकता दिई किसानहरुलाई यसप्रति आकर्षित गराउँनुपर्दछ ।’ 
नेपालको संविधानमा खाद्यलाई नागरिकको मौलिक हकका रुपमा व्यवस्था गरिएको उल्लेख गर्दै प्रमुख शर्माले नागरिकको यो हक सफलतापूर्वक कार्यान्वयन गर्न सरकारले दिगो खाद्य सुरक्षा कायम गर्ने विषयलाई प्राथमिकता राखी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले धानको पकेट क्षेत्र नै मानिएको नेपालमा प्रशस्त सिँचाई सुविधा विस्तार, धान बालीको अनुसन्धान र विकास, समयमै, बीऊ तथा मलको उपलब्धता, किसानलाई आधुनिक प्रविधिबारे ज्ञान तथा शीप प्रदान गर्ने काममा तीनै तहका सरकार तथा यससंग सम्बन्धित सरोकारवालाको ध्यान जानुपर्ने बताएका छन् ।
 

Subhakamana-Sandesh-1688089793.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

नेपाल र वेस्ट इन्डिजबिचको चौथो टी–२० क्रिकेट हुँदै
20240502_072206-1714613850.jpg

२० बैशाख, हेटौंडा ।  नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714613507.jpg

२० बैशाख, हेटौंडा ।  नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

टी–२० विश्वकप खेल्ने नेपाली टोली घोषणा
dd-1714609240.jpg

२० बैशाख, हेटौंडा । टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२०...

नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

सिस्नुपानी मकवानपुरद्वारा दुईजना स्रष्टा सम्मानित
dda-1714560414.jpg

१९ बैशाख, हेटौंडा । स्थापना दिवसको अवसर पारेर सिस्नुपानी नेपाल मकवानपुरले बुधबार हेटौंडामा दुईजना स्रष्टालाई...

नेपाल वेस्ट इन्डिज ’ए’ सँग ७६ रनले पराजित
west-1714559327.jpg

१९ बैशाख, हेटौँडा । वेस्ट इन्डिज ’ए’ टोलीसँगको टी–२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा नेपाल ७६ रनले पराजित...

बुधबार सुनचाँदीको मूल्य घट्यो
download-1-1714542210.jpg

१९ बैशाख, काठमाडौँ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोला २ हजार ७ सय...

थप समाचार