Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

मकवानपुरका राजमार्ग संचालनमै, डोजर तयारीमा राखेका छौः मकवानपुर प्रशासन 

CDO-Office-1646642227-1688182727.jpg

१६ असार, हेटौँडा ।  शुक्रबारबाट देशको सबै स्थानमा मनसुन सक्रिय रहेको छ । शुक्रबारबाट परेको निरन्तरको बर्षाले देशका विभिन्न स्थानमा राजमार्ग र सडकखण्ड अवरुद्ध रहेपनि बागमती प्रदेशको राजधानी हेटौँडा भएर र हेटौँडा भएर जिल्लाका विभिन्न स्थान जोड्ने राजमार्ग र सडकहरु संचालनमा रहेको मकवानपुर प्रशासनले जनाएको छ । शुक्रबार मात्र मकवानपुर प्रशानसको नेतृत्व लिन हाजिर भएका मकवानपुरका प्रमुख जिल्ला अधिकारी सुर्य सेढाईले शनिबार बिहान ९ बजेसम्म मकवानपुर भएर संचलनमा रहेको राजमार्ग अवरुद्ध नरहेको प्रष्ट खबरलाई बताएका छन् । उनले कान्तिलोपथ आयोजनाको डिभिजन प्रमुखसँग कुरा गर्दै सडकखण्डमा सवारी चाप र पहिरोलाई मध्यनजर गरेर डोजरलाई तयारी अवस्थामा राख्न भनिएको बताए । 
प्रजिअ सेढाईले अन्य बाटोको तुलनामा कान्तिलोपथ बैकल्पिक मार्ग रहेकोले ललितपुर र मकवानपुरको ठिङ्गनमा डोजर तयारी अवस्थामा राख्न कान्तिलोपथको डिभिजन प्रमुलाई भनिएको बताए । अन्य सडकखण्डमा पनि स्थानीय तह र सडक कार्यालय सँग समन्वय गरेर डोजर र स्काभेटर राख्न अनुरोध गरिएको प्रजिअ सेढाईले भने । 
उनले पुर्व तयारी तथा प्रतिकार्य समिती मकवानपुरले बर्षाको समयमा हुनसक्ने जनधनको क्षति रोक्न र समयमा उद्धार तथा व्यवस्थापनका लागी र्यापिड रेस्पोन्स टिमलाई तयारी अवस्थामा राखेको बताए । प्रजिअ सेढाइले यस्तै पहिरोको कारण अबरुद्ध बन्न सक्ने भन्दै देशको राजधानिको लाइफ लाइनको रुपमा हरेको त्रिभुवन राजपथ,कान्तिलोक पथ र भिमफेदी, कुलेखानी, सिस्नेरी र फाखेलमा पहिरोबाट हुन सक्ने अबरोध हटाउन आवश्यक तयारी गरिएको बताए । त्यसैगरी मकवानपुरका एसपी बामदेव गौतमले मकवानपुरका सडक संजाल संचलनमै रहेको र पहिरो तथा विपदबाट हुन सक्ने क्षतीलाई मध्यनजर गरेर विभिन्नमा स्थानमा रहेका प्रहरी युनिटलाई चनाखो रहन निर्देशन दिइएको बताएका छन्।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सन्दीप लामिछानेले पाए सफाई
FB_IMG_1715776730960-1715777674.jpg

२ जेठ, काठमाण्डौं। क्रिकेटर सन्दीप लामिछानेले सफाई पाएका छन्। लामिछानेलाई बुधबार  उच्च अदालत पाटनले बलात्कार...

संसदमा कांग्रेसको दादागिरी चल्न दिंदैनौंः ओली
Screenshot_20240515_16205-1715769371.jpg

२ जेठ, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अब संसदमा कांग्रेसको दादागिरी चल्न नदिने बताएका छन् ।...

दीपेन्द्र टी-२० अलराउण्डरतर्फ १० औं स्थानमा
DipendraSinghAiree_202310-1715768654.jpg

२ जेठ, काठमाडौं । नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरी आईसीसीको टी–२० अलराउण्डर वरीयतामा एक स्थान सुधारेका छन्...

बुधबार सुनचाँदीको मूल्य बढेर कारोबार
Gold-1715767875.jpg

२ जेठ, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन...

गृहमन्त्री र नेपालका लागि स्विडेनका राजदूतबीच भेटवार्ता
rabi-lamixane-sweden-rajd-1715767356.jpg

२ जेठ, काठमाडौं । गृहमन्त्री रवि लामिछाने र नेपालका लागि स्विडेनका राजदूत जन थेलेफबीच शिष्टाचार भेटवार्ता भएको छ...

मकवानपुरगढीमा मोटरसाइकल पल्टिदा दुई जना गम्भीर घाइते
images-1715755255.jpg

२ जेठ, हेटौंडा। आइतबार राति मकवानपुरगढी वडा नम्बर २ मा मोटरसाइकल पल्टिदा दुई जना घाईते भएका छन।  मकवानपुरगढि २...

चलचित्र पत्रकार संघ मकवानपुरले पत्रकार र कलाकर्मीलाई सम्मान गर्ने
Screenshot_20240515_09044-1715743200.jpg

२ जेठ, हेटौंडा । चलचित्र पत्रकार संघ मकवानपुरले चलचित्र पत्रकारिता दिवसमा पत्रकार र कलाकर्मीलाई सम्मान गर्ने...

सन्दीप लामिछानेको मुद्दामा आज पनि बहस हुँदै
sandip-1-1715735782.jpg

२ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा आज...

पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु
20221157864_dubeko-1715735474.jpg

२ जेठ, हेटौंडा । बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बबई गाउँपालिका–७...

थप समाचार