Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

चार वटा गाडीबाट बिल नभएको सामान बरामद

cv-1689209056.jpg

२८ असार, हेटौंडा । मकवानपुर प्रहरीले बिल नभएको सामानसहित चारवटा गाडीलाई नियन्त्रणमा लिएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १५ रातोमाटेबाट चारवटा गाडीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । 
वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको ना १ ज.७०५२ नम्बरको सुमोबाट बिल नभएको एकसय ग्रामको काजु १२३ प्याकेट र २०० ग्रामको ६० प्याकेट तथा चुपाचाप चकलेट १० प्याकेट बरामद गरेको छ । 
यस्तै कलैयाबाट काठमाण्डौतर्फ जाँदै गरेको ना १ ज. ५६५७ नम्बरको सुमोबाट ओरियो बिस्कुट ४४ प्याकेट र राजनिवास सेट १९ प्याकेट बरामद गरेको छ । हेटौंडातर्फ आउँदै गरेको ना १ ज ५४१८ नम्बरको सुमोबाट रेडबुल २ काटुन तथा जनकपुरबाट काठमाण्डौ तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख १०२७ नम्बरको बसबाट ५ कार्टुन अण्डा बरामद गरेको छ । 
चारवटै गाडीमा ल्याइएको सामानको बिल नभएकोले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि राजश्व कार्यालय पथलैया बारा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । बरामद गरिएको सामानको बजार मूल्य करिब ५३ हजार रुपैयाँ रहेको उनले बताए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया पक्राउ
kailash-sirohiya167577293-1716296772.jpg

८ जेठ, काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । मंगलबार उनलाई प्रहरीको...

प्रतिनिधिसभाको बैठक जेठ ११ गतेसम्मका लागि स्थगित
1641373260_1615078427_san-1716290030.jpg

८ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठक जेठ ११ गतेसम्मका लागि स्थगित भएको छ । मंगलबार बसेको बैठकमा नेपाली...

कान्तिपुर अध्यक्ष सिरोहिया विरुद्ध पक्राउ पुर्जी जारी
Screenshot_20240521_13345-1716277981.jpg

८ जेठ, काठमाडौं।  कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहिया विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।जिल्ला...

मकवानपुर बहुमुखी क्याम्पस अगाडि पुरुष मृत भेटिए
For-representation-only-1716277568.jpg

८ जेठ, हेटौंडा।  हेटौंडा २ मा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।हेटौंडा २ स्थित मकवानपुर क्याम्पस अगाडी एक...

खाग खरिदबिक्रीमा संलग्न ६ जना पक्राउ
Arrested-1716272680.jpg

८ जेठ, चितवन । चितवन राष्ट्रिय निकुञ्जले गैँडाको खाग खरिदबिक्रीमा संलग्न रहेको अभियोगमा ६ जनालाई पक्राउ गरेको छ...

नेपाली बजारमा मंगलबार सुनको मूल्य घट्यो
Gold1-1716270676.jpg

८ जेठ, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन तोलाको १ हजार २ सय रुपैयाँले घटेको हो । मंगलबार...

राष्ट्रियसभाको बैठक दिउँसो बस्ने
1704418546_national-sava-1716253937.jpg

८ जेठ, हेटौंडा । राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्ने भएको छ । बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले...

प्रतिनिधिसभाको बैठक बस्दै
1641373260_1615078427_san-1716253235.jpg

८ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716252760.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव...

थप समाचार