३१ असार, काठमाडौैं । स्वास्थ्य निर्देशनालय हेटौंडाको आयोजनामा प्रदेशस्तरीय यौन तथा प्रजनन स्वास्थ्य अधिकार प्राविधिक कार्यगत समूह बैठक हेटौंडामा आइतबार सम्पन्न भएको छ ।
स्वास्थ्य निर्देशनालय हेटौंडाका प्रमुख महेश्वर श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा निर्देशनालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक सतिश विष्टले २०७९ चैत १९ गते भएका बैठक र यसबीचमा भएका प्रगति लगायतको बारेमा जानकारी दिएका थिए ।
स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुख दिपक तिवारीले मन्त्रालयले स्वास्थ्य क्षेत्रका पुराना कार्यक्रमलाई निरन्तरता दिंदै थप नयाँ कार्यक्रम अघि सारेको बताए । उनले प्रसुति समस्या पर्ने महिलाहरूलाई आकस्मिक एयर एम्बुलेन्स सेवा दिनका लागि कार्यविधि तयार हुँदै गरेकाले यसवर्ष पनि यो सेवा निरन्तरता रहने बताए ।
बैठकमा स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख वसन्त अधिकारीले प्रजनन र सुरक्षित महिला स्वास्थ्यसम्बन्धी औषधीको अवस्थाबारे जानकारी दिए । विश्व स्वास्थ्य संगठनका हरि भुसाल सुरक्षित गर्भपतनबारे सचेतना अभिबृद्धीमा जोड दिनुपर्ने बताए ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालय र निर्देशनालयका प्रतिनिधि, हेटौंडा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र काफ्ले, हेटौंडा उपमहानगरपालिका स्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईं, हेटौंडा अस्पताल, संचारकर्मी, विभिन्न सामाजिक संस्था, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह, औषधि व्यवसायी लगायतको प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...
१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...
१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...



-nepal-1793665142.jpg)














