Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

साउन १ गतेबाट मकवानपुरका तीन पालिकाले सुर्तीजन्य पदार्थ निषेध गर्ने

ffffadf-1689517571.JPG

३१ असार, हेटौंड । मकवनपुरका केही स्थानीय तहले साउन १ गते सोमबारबाट मादक पदार्थ तथा सुर्तीजन्य पदार्थहरूमा प्रतिबन्ध लगाउने भएका छन । 
बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौँडा उपमहानगरपालिकाले सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण तथा नियमन गर्ने भएको छ । मनहरी गाउँपालिकाले बेचबिखन र प्रयोगमै प्रतिबन्ध लगाउने तयारी गरेको छ । 
बकैया गाउँपालिकाले १ साउनबाट पालिकाभित्र मादक पदार्थको जथाभावी प्रयोग र सूर्तीजन्य पदार्थको प्रयोग र बेचबिखनमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । 
हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता सबिन न्यौपानेले सरकारले जारी गरेको सुर्तीजन्य पदार्थ नियन्त्रण एवं नियमन ऐनलाई टेकेर उपमहानगरपालिकाले ०७७ मा बनाएको निर्देशिकाका आधारमा सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण तथा नियमन गर्ने तयारी गरेको जानकारी दिए । 
‘सार्वजनिकस्थलहरू जस्तै विद्यालय, सरकारी कार्यालय, अस्पताल जस्ता क्षेत्रको एक सय मिटर क्षेत्रभित्र सुर्तीजन्य पदार्थको बेचबिखन र प्रयोगमा पूर्णरूपमा प्रतिबन्ध लगाउन उपमहानगरपालिकाले १ साउनबाट अभियान सुरु गर्छ,’ उनले भने, ‘त्यसका लागि सबैभन्दा पहिले उपमहानगरका टोलटोलमा प्रचार–प्रसार, माइकिङ गरेर जानकारी गराउने तयारी गरेका छौं ।’
प्रवक्ता न्यौपानेले पालिकाको निर्देशन नमान्ने जोकोहीलाई २५ हजारदेखि ५० हजारसम्म जरिवाना गर्ने जानकारी दिए । उनले होटेल तथा रेस्टुरेन्टहरूलाई समेत सुर्तीजन्य पदार्थ प्रयोग गर्न स्मोकिङ जोन छुट्याउन पत्राचार गर्ने बताए । 
‘पहिल्यैदेखि नै कानुन थियो, तर त्यसको प्रभावकारी कार्यान्वयन नहुँदा समस्या भइरहेको थियो । अब कानुनको परिपालनामै कडाइ गर्ने तयारी गरेका छौँ । होटेल तथा रेस्टुरेन्टहरूमा समेत छुट्टै स्मोकिङ जोनको व्यवस्था गर्न पत्राचार गर्दै छौँ,’ उनले भने ।
बकैया गाउँपालिकाले सूचना जारी गर्दै पालिकालाई लागुऔषधमुक्त गाउँपालिकाका रूपमा स्थापित गर्न लागुऔषधसहित सुर्ती र मदिरा सेवनमा निषेध गर्न लागिएको जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले लागुपदार्थमुक्त गाउँपालिकाका रूपमा स्थापित गर्न गाउँ कार्यपालिकाको बैठकले नै निर्णय गरेर सूचना जारी गरेको बताए । ‘कानुनद्वारा निषेधित र नियन्त्रित लागुपदार्थहरू स्वाभाविक रूपमा प्रयोग गर्न पाइँदैन । हामीले पालिकामा मदिराजन्य पदार्थ जाँड, रक्सी, छ्याङ, तुम्बा, निगार र सुर्तीजन्य पदार्थको प्रयोगलाई निषेध गर्ने तयारी गरेका छौँ,’ उनले भने ।
१ साउनबाट बकैया गाउँपालिकाको क्षेत्रभित्र ओसारपसार, विक्री–वितरण, तथा प्रयोग गर्न पूर्ण रूपमा निषेध गर्ने भनी सूचित गराइसकिएकाले कसैले सूचनाको बेवास्ता गरे कानुनबमोजिम कारबाही हुने अध्यक्ष लामिछानेले चेतावनी दिए । उनले पालिकाभित्र सार्वजनिक पदधारण गरेका व्यक्तिले कानुनको उल्लंघन गरे दोब्बर सजाय हुने दाबी पनि गरे ।
हेटौँडा र बकैयाले जस्तै मनहरी गाउँपालिकाले पनि पालिकाभित्र सुर्तीजन्य पदार्थ बिक्री–वितरणमा रोक लगाउने जनाएको छ । पालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममै मनहरी क्षेत्रमा सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने घोषणा गरेको थियो । मानवीय स्वास्थ्यलाई हानी पु¥याउने भएकाले सुर्तीजन्य पदार्थमा प्रतिबन्ध लगाउने विषयलाई नीति तथा कार्यक्रममा समावेश गरिएको गाउँपालिकाले जनाएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
ट्याक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु
accident.-1715166978.jpg

२६ बैशाख, ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्याक्टर दुर्घटना हुँदा एक...

रविमाथि छानबिन गर्न संसदीय समितिको मागबाट कांग्रेस पछि नहट्ने
ramesh_lekhak_1672732579-1715166130.jpg

२६ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगी प्रकरणमा जोडिएका राष्ट्रिय...

सुहाङद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
Screenshot_20240508_11471-1715148148.jpg

२६ बैशाख, काठमाडौं । वैशाख १५ गते भएको उपनिर्वाचनमा निर्वाचित नेकपा (एमाले) सांसद सुहाङ नेम्वाङले पद तथा...

चट्याङ लागेर एक महिलाको मृत्यु
chatyan-mirtu-1715147587.jpg

२६ बैशाख, परासी । परासीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुस्ता गाउँपालिका-५ तरैनीकी २९...

नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर
Gold-1715146393.jpg

२६ बैशाख, काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाल सुन तोलाको १ लाख ३६ हजार ४००...

सुनिल पौडेललाई ९ वर्ष कैद र २३ करोड बढि जरिवाना
Screenshot_20240508_07130-1715131698.jpg

२६ बैशाख, काठमाडौं । पेमेन्ट गेटवे खरिद प्रकरणमा विशेष अदालतबाट दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद र २३ करोड...

सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दै
432778047_122130663218178-1715131304.jpg

२६ बैशाख, काठमाडौं । वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित...

आज मातातीर्थ औँशी मनाइदै
1_gNSPSZrO3S-1715130954.jpg

२६ बैशाख, हेटौंडा । आज मातातीर्थ औँशी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र...

मौसम देशभर आंशिकदेखि साधारणतया बदली रहने
mausam_badali-1671161633-1715130201.jpg

२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

थप समाचार