Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

सुन प्रकरणः भन्सार जाँचपासमा संलग्न तीन जना कर्मचारी निलम्बनमा 

images-(4)-1690014741.jpg

६ साउन,हेटौँडा । सुन प्रकरणमा त्रिभुवन विमानस्थल भन्सार जाँचपासमा संलग्न तीन जना कर्मचारी निलम्बनमा परेका छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत सन्तोष चन्द, खरिददार कुमार ढकाल र सरोज श्रेष्ठ निलम्बनमा परेका हुन् । हङकङबाट क्याथे एयरवेजको जहाजबाट आएको ब्रेकशुमा लुकाएर ल्याएको ठूलो परिमाणको अन्दाजी ८० देखि १०० किलो सुन भन्सार जाँच पास भएर निस्किएको देखिएपछि तीन जनालाई निलम्बन गरिएको हो । उक्त सुन विमानस्थलबाट भन्सारबाट छुटेर गाडिमा राख्दै गर्दा राजश्व अनुसन्धान विभागले पाएको सुराकको आधारमा खटिएको टोलीले मंगलबार बरामद गरेको थियो । ब्रेक शु आउँदा भन्सार कार्यालयका कर्मचारी सरोज श्रेष्ठको ड्युटी एक्सरे मेसिनमा हेर्ने थियो । यस्तै खरिददार कुमार ढकालले ब्रेक शुको बक्स खोलेर हेरेको देखिन्छ। तर पनि उनले सुन नदेखेको र सिसिटिभीमा हेर्दा कुमारले दुई वटा बक्स खोलेर हेरेको देखिन्छ। तर ब्रेक शुमात्रै देखेपछि उनले पठाइदिए । त्यस्तै भन्सार अधिकृत सन्तोष चन्द भने उक्त सामान भएको ठाउँमै नपुगेको भन्सार विभागले जनाएको छ। त्यससमय भन्सारमा आएका सामान हेर्ने जिम्मेवारी उनको थियो। तर उनले एकपटक पनि नहेरेको पाइएपछि निलम्बन गरिएको भन्सार विभाग स्रोतले जानकारी दिएको छ ।  अहिले निलम्बनमा परेका कर्मचारीहरू पनि अनुसन्धानको घेरामा छन्। यस प्रकरणमा विभागले १० जनालाई पक्राउ गरिसकेको छ। जसमा चिनियाँ नागरिक एक जना र भारतीय नागरिक एक जना छन् ।
सुनको परिमाण यकिन गर्न विभागले बिहीबार नेपाल राष्ट्र बैंकको टक्सार विभागमा पठाइसकेको भने घटनाको अनुसन्धान भइरहेको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनहरीका ४ विपन्न एकल महिलालाई घर हस्तान्तरण
Screenshot_20240516_17144-1715859288.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको  ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-sabha-1715858715.jpg

३ जेठ, काठमाडौं । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । नेपाली कांग्रेसले अवरोध गरेपछि राष्ट्रियसभा बैठक स्थगित...

अनसनरत डाक्टर गोविन्द केसी अस्पताल भर्ना
govinda-kc-1715850217.jpg

३ जेठ, काठमाडौं । गत २९ बैशाखदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना गरिएको छ...

रविमाथि छानविन समिति बनाउनुपर्ने एकीकृत समाजवादीको धारणा
samajbadi-1-1715843631.jpg

३ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने माथि सरकारी ठगी प्रकरणमा...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत
Dirga-1715843201.jpg

३ जेठ, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् ।...

प्रतिनिधिसभा बैठक सर्यो
Pratinidhi-Sabha-1715841756.jpg

३ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठक आज अपरान्ह ४ बजेका लागि सारिएको छ । विहान ११ बजेका लागि बोलाईएको बैठक अपरान्ह...

नेपाली बजारमा सुनको मूल्य १६ सयले बढ्यो
Gold1-1715841223.jpg

३ जेठ, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य प्रतितोला १६ सय रुपैंयाले बढेको छ । बिहिबार सुनचाँदीको...

गृहमन्त्रीद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन
Screenshot_20240516_09013-1715829420.jpg

३ जेठ, काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन...

राष्ट्रियसभा बैठक आज बस्दै
1596282866samsad-1715825396.jpg

३ जेठ, काठमाडौं । राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १:१५ बजेका लागि बोलाइएको छ ।  बैठकमा सार्वजनिक...

थप समाचार