Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

रानी र चुच्चेखोला सामुदायिक वनको अवलोकन

rani-ban-1690025184.jpg

६, साउन, हेटौडा । सामुदायिक वन समूहले गरेका गतिविधिरुको जानकारी लिन आएको समूहले यहाँ रहेको २ वटा सामुदायिक वनको अवलोकन गरेका छन । 
मकवानपुरगढी–५ मा रहेको बुङदल सामुदायिक वनका पदाधिकारीहरुले हेटौडा–६ मा रहेको रानी सामुदायिक वन र चुच्चेखोला सामुदायिक वनको शनिवार अवलोकन गरेका हुन  ।
अवलोकनमा आएका सामुदायिक वनका पदाधिकारीहरुलाई रानी सामुदायिक वनका उपाध्यक्ष केशव धिताल र कार्यालय सचिव भीमसेन पौडेलले समूहले गरेका विभिन्न कार्यहरुको बारेमा जानकारी गराएका थिए । 
समूहले गरेका वन सदुपयोग, ब्यवस्थापन, कार्यालय ब्यवस्थापन, पर्यापर्यटन, सामाजिक कार्यहरु, आयआर्जन, वृक्षारोपण लगायतका विषयहरुमा जानकारी गराएका थिए । 
सहभागीहरुले समूहद्वारा निर्मित विपी गणेशमान पार्कको समेत स्थलगत अवलोकन गरेका थिए । 
यसैगरि सो समूहले चुच्चेखोला सामुदायिक वनद्वारा सञ्चालित काष्ठमिल र सालक पार्कको समेत अवलोकन गरेका थिए । सो अवसरमा समूहका उपाध्यक्ष उमेश अधिकारी, सदस्य केदार पुडासैनी र कार्यालय सचिव केदार प्रसाद गौतमले समूहले गरेका विभिन्न गतिविधीहरुको बारेमा जानकारी गराएका थिए । 
बुङदल सामुदायिक वनका अध्यक्ष चन्द्रप्रसाद दुलालको नेतृत्वमा आएको टोलीमा कार्यसमितिका पदाधिकारी र सल्लाहकारहरुको सहभागिता थियो । 
सर्वमान्य गणेशमान सिह वन संरक्षण प्रथम पुरस्कार प्राप्त गर्न सफल भएको रानी सामुदायिक वनले चालु आव. ०७९÷०८० को बागमती प्रदेश स्तरीय उत्कृष्ट सामुदायिक वन पुरस्कार प्राप्त गरेको समूहकी सचिव नानीमायाँ रुम्बाले बताईन । पुरस्कारको राशी १ लाख रुपैयाँ रहेको थियो । 
राष्ट्रिय तथा अन्तराष्ट्रिय सामुदायिक वनका विशेषज्ञहरुको रोजाईमा परेको यो सामुदायिक वनको हाल सम्म ५ सय ६७ वटा टोलीहरुले अवलोकन गरिसकेको समूहले जनाएको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
अनसनरत डाक्टर गोविन्द केसी अस्पताल भर्ना
govinda-kc-1715850217.jpg

३ जेठ, काठमाडौं । गत २९ बैशाखदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना गरिएको छ...

रविमाथि छानविन समिति बनाउनुपर्ने एकीकृत समाजवादीको धारणा
samajbadi-1-1715843631.jpg

३ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने माथि सरकारी ठगी प्रकरणमा...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत
Dirga-1715843201.jpg

३ जेठ, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् ।...

प्रतिनिधिसभा बैठक सर्यो
Pratinidhi-Sabha-1715841756.jpg

३ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठक आज अपरान्ह ४ बजेका लागि सारिएको छ । विहान ११ बजेका लागि बोलाईएको बैठक अपरान्ह...

नेपाली बजारमा सुनको मूल्य १६ सयले बढ्यो
Gold1-1715841223.jpg

३ जेठ, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य प्रतितोला १६ सय रुपैंयाले बढेको छ । बिहिबार सुनचाँदीको...

गृहमन्त्रीद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन
Screenshot_20240516_09013-1715829420.jpg

३ जेठ, काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन...

राष्ट्रियसभा बैठक आज बस्दै
1596282866samsad-1715825396.jpg

३ जेठ, काठमाडौं । राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १:१५ बजेका लागि बोलाइएको छ ।  बैठकमा सार्वजनिक...

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिने
dirgha_lRngsAr7Rp_L6CADlW-1715824470.jpg

३ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत...

प्रतिनिधिसभाको बैठक आज बस्दै
1641373260_1615078427_san-1715823687.jpg

३ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको हो । सभामुख देवराज घिमिरेले...

थप समाचार