Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

हेटौंडा-६ को रक्षादेवी टोललाई हेटौँडाको नमुना टोल बनाईने

Screenshot_20230729_18053-1690633254.jpg

१३ साउन, हेटौडा । हेटौडा–६ मा रहेको रक्षोदेवी टोल विकास संस्थालाई हेटौँडाकै नमुना टोल बनाईने भएको छ ।  शनिवार हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वनको सभाहलमा भएको कार्यक्रममा रक्षादेवी टोललाई नमुना टोल बनाउने प्रतिवद्धता पत्रमा हस्ताक्षर गरिएको छ । 

नवजीवन ज्योति क्लबका अध्यक्ष राजकुमार बास्तोला र रक्षादेवी टोल विकास संस्थाका अध्यक्ष रमेश कुमार बानियाँले हस्ताक्षर गरेका हुन् ।  प्रतिवद्धता पत्रमा हस्ताक्षर कार्यक्रममा हेटौडा उपमहानगरपालिका प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो । उनले रक्षादेवी टोललाई नमुना टोल बनाउन सहयोग गरिने बताइन । लामाले राम्रो कामको लागि उपमहानगरपालिका सदैव सहयोग गर्न तैयार रहेको उदघोष गरिन । कार्यक्रममा नमुना टोलले गर्नु पर्ने कार्यहरुको बारेमा विके महर्जनले सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा क्लवका पूर्व अध्यक्ष एवं सल्लाहकार श्यामप्रसाद श्रेष्ठले नमूना टोलको अवधारणा र लक्ष्य हासिल गर्ने कार्ययोजनाबारे जानकारी गराएका थिए । नवजीवन ज्योति क्लबका अध्यक्ष राजकुमार बास्तोलाको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौडा–६ का कार्यवाहक वडा अध्यक्ष विजय पौडेल, वडा सदस्य लेखराज ढकाल, भूमि आयोग मकवानपुरका विज्ञ सदस्य अर्जुन प्रसाद चौलागाई, सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव अधिकारी, जनकल्याण सहकारीका अध्यक्ष हिमाल पौडल, नवजीवन ज्योति क्लवका निवर्तमान अध्यक्ष श्रीराम पुडासैनी, रानी सामुदायिक वनका उपाध्यक्ष केशव धिताल, सञ्चारकर्मी, टोल विकास संस्थाका पदाधिकारी, स्थानीय लगायतको सहभागिता थियो । २०८१ साल जेठ २२ गते विश्व वातावरण दिवसको दिन रक्षादेवी टोललाई नमुना टोल को रुपमा घोषणा गरिने भएको छ ।

358232029_330061324689605-1690633300.jpg

प्रतिवद्धतापत्र हस्तानतरण गर्दै क्लबका अध्यक्ष बास्तोला र टोल विकास संस्थाका अध्यक्ष बानियाँ


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कांग्रेस बागमतीको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240519_05512-1716077327.jpg

६ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती गाउँपालिकाले शनिबार बागमतीको बोर्डिङचौरमा क्रियाशिल नविकरण तथा...

सविक विजेता चेन्नई आइपीएलबाट बाहिरियो
Capture-1716084959.JPG

६ जेठ, हेटौँडा । साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर...

बागमतीमा ४ वटा समितिले पाए नेतृत्व
pradesh-sabha-1716084340.JPG

६ जेठ, हेटौँडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै पन्ध्र महिनापछि ४ वटा संसदीय समितिहरुले...

बागमतीमा संसदीय समितिको संख्या ६ पुग्यो
Capture-1716084293.JPG

६ जेठ, हेटौँडा । यसअघि बागमती प्रदेश सभामा दलहरुबीच संसदीय समितिको सभापतिको नेतृत्वको विषयलाई लिएर सहमती हुन...

लर्ड बुद्व विधार्थीहरुद्वारा रानी वनकाे अबलोकन
FB_IMG_1716076507559-1716076643.jpg

६ जेठ, हेटाैडा । हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको काठमाडौंमा रहेकाे लर्ड बुद्व कलेजका...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716076886.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश लगायत देशका पहाडी...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै
lumbini-pardesh-sawa_3qou-1716075415.jpg

६ जेठ, दाङ । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभाको बैठक दिउँसो १ बजे बस्ने भएको हो ।  बैठकमा...

हेटौंडा ७ न्युरेनीमा बिच सडकमै पल्टियो सुमो
FB_IMG_1716049899279-1716050350.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...

कांग्रेस हेटौँडाको बैठक, क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित गरिने
Screenshot_20240518_18062-1716035241.jpg

५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...

थप समाचार