Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

विद्यार्थीहरुद्वारा पार्कको अबलोन

sfd-1692017203.JPG

२९, श्रावण, हेटौडा । हेटौडा–६ शान्तिटोलमा रहेको विपी गणेशमान स्मृति शान्तिपार्कको विद्यार्थीहरुले अवलोकन गरेका छन । हेटौडा–६, चौघडामा रहेको सुनगाभा शिक्षा निकेतनमा कक्षा–५ मा अध्ययनरत विद्यार्थीहरुले पार्कको अवलोकन गरेका हुन ।
स्थानीय स्तरमा रहेका प्राकृतिक सम्पदा, पार्क, मठमन्दिर, सार्वजनिक संरचनाको अवलोकन गर्ने कार्यक्रम अन्तरगत पिस पार्कको अवलोकन गरिएको विद्यालयका प्राचार्य अरुण पराजुलीले बताए । 
विद्यार्थीहरुलाई विपी गणेशमान स्मृति शान्ति पार्कका अध्यक्ष भीमसेन पौडेलले पार्कको बारेमा जानकारी गराएका थिए । 
रानी सामुदायिक वनको क्षेत्रभित्र निर्माण गरिएको यस पार्कमा किरातेश्वर महादेवको मन्दिर, कार्यालय भवन, शौचालय, वातावरण बाटिका, सालक केज, ब्याडमिन्टन कोर्ट, टिकटिक गेट लगायतका संरचना निर्माण भएका छन । 
भविष्यमा विपी, गणेशमान, मनमोहन र पुष्पलालको अर्धकदको शालिक, पिकनिक स्पट, झोलुङगे पुल, वनदेवी मन्दिर बुद्धको मूर्ती निर्माण लगायतका कार्यहरु गरिने अध्यक्ष पौडेलले बताए । यसको लागि पर्यटन विकास आयोजना, हेटौडाले डिपिआर तैयार गरिसकेको छ भने सम्पूर्ण संरचना बनाउन ९ करोड लाग्ने पार्कका सचिव भरत सापकोटाले बताए ।
राष्ट्रिय तथा अन्र्तराष्ट्रिय अवलोकनकर्ताहरुको अवलोकन गर्ने थलोको रुपमा विकास गराई दिगो आयआर्जन गर्ने लक्ष्य रहेको पार्क समितिले जनाएको छ । 
हेटौडा बजार देखि ६ किलोमिटर पूर्व रानी सामुदायिक वनको क्षेत्र भित्र प्राकृतिक दृष्यावलोकन गर्दै पार्कको मज्जा लिन सकिने यस पार्कमा दिन प्रतिदिन अवलोकनकर्ताहरु बढिरहेका छन । 
विद्यालयकी शिक्षिका मुना बिकको नेतृतवमा आएको टोलीमा ४० जना विद्यार्थीहर रहेका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
लर्ड बुद्व विधार्थीहरुद्वारा रानी वनकाे अबलोकन
FB_IMG_1716076507559-1716076643.jpg

६ जेठ, हेटाैडा । हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको काठमाडौंमा रहेकाे लर्ड बुद्व कलेजका...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716076886.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश लगायत देशका पहाडी...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै
lumbini-pardesh-sawa_3qou-1716075415.jpg

६ जेठ, दाङ । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभाको बैठक दिउँसो १ बजे बस्ने भएको हो ।  बैठकमा...

हेटौंडा ७ न्युरेनीमा बिच सडकमै पल्टियो सुमो
FB_IMG_1716049899279-1716050350.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...

कांग्रेस हेटौँडाको बैठक, क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित गरिने
Screenshot_20240518_18062-1716035241.jpg

५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...

कान्तिलोकपथमा फेरी अर्को दुर्घटना, दुईजना घाइते
105389346-1716032888.jpg

५ जेठ, हेटौंडा । कान्तिलोकपथमा अन्तर्गत भिमफेदी-८ कालोपहिरोमा फेरी अर्को दुर्घटना भएको छ। शनिबार बिहान लोकपथ...

पत्रकार गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत
Screenshot_20240518_16543-1716030600.jpg

५ जेठ, हेटौंडा । मकवानपुरे पत्रकार मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित...

राष्ट्रिय राजनीतिमा तमासा भइरहेको छ: नेपाल
1587471088-1716026918.jpg

५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...

कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

थप समाचार