Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

बागमती प्रदेशमा सार्वजनिक सवारीको भाडा बृद्धि

bus-bhada-1692925739.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले काठमाडौं उपात्यका सहित प्रदेशका विभिन्न स्थानमा चल्ने सार्वजनिक सवारी सधानको भाडा बृद्धि गरेको छ । 
प्रदेश सरकारले बिहीबार प्रदेश राजपत्रमा सूचना जारी गर्दै प्रदेशभित्रका सार्वजनिक सवारी साधनको भाडा समायोजन गरिएको जानकारी दिएको छ । 
प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका अनुसार बृद्धि भएको भाडा बिहीवारदेखि नै लागू भएको छ । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाभित्र चल्ने यात्रुवाहक सवारी साधनको भाडा दर ८.३ प्रतिशतले वृद्धि गरिएको छ भने उपत्यका बाहेकका स्थानमा चल्ने सवारी साधनको भाडा दर ५.३१ प्रतिशतले वृद्धि गरिएको छ । 
जस अनुसार अब काठमाण्डौ उपत्यकामा पाँच किलोमिटरसम्मको न्यूनतम भाडादर एक रुपैयाँले बढेर १९ रुपैयाँ कायम भएको छ । यस्तै १० किलोमिटरसम्मका लागि २६ रुपैयाँ, १५ किलोमिटरसम्मका लागि ३१ रुपैयाँ, २० किलोमिटरसम्मका लागि ३५ रुपैयाँ र २० किलोमिटरभन्दा माथिका लागि ४० रुपैयाँ भाडा कायम भएको छ ।
काठमाण्डौ उपत्यकाबाहिर प्रदेशका विभिन्न स्थानमा चल्ने मध्यम दूरीका यात्रुवाहक गाडीको साविक भाडामा ५.३१ प्रतिशतले बढेको छ । यस्तै पेट्रोलियम पदार्थबाट चल्ने ट्याक्सीको भाडा दर ३.४४ प्रतिशत र मालबाहक सवारी साधनको भाडादर प्रतिकिमि प्रति टन ७.७७ प्रतिशतले वृद्धि भएको छ । 
पेट्रोलियम पदार्थको मूल्यमा घटबढ भएसँगै प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सोहि अनुसार सार्वजनिक सवारी साधन र मालबाहक सवारी साधनको भाडा दर समायोजन गर्दै आएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

संयुक्त राष्ट्रसंघले ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
1572568786UN-united-natio-1788573325.jpg

२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...

थप समाचार