७, असोज, हेटौडा । मकवानपुरगढी–३, मक्रान्चुलीमा रहेको श्रमिक साना किसान कृषि सहकारी संस्थाको अध्यक्षमा पुनः निर्मला कुमारी लम्साल सर्वसम्मत चयन भएकी छन् ।
आईतवार सम्पन्न भएको संस्थाको ११ औं वार्षिक साधारणसभाको बन्दसत्रले लम्सालको अध्यक्षतामा ९ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा रिता योञ्जन र सदस्यहरुमा सुजाता आले, आईतीमाया वाईवा, सुकुन्तला गिरी, सरिता नेगी, भुवन कुमारी तिमल्सिना,कुमारी गोङवा र संगिता कुमारी लुङवा रहेका छन ।
यसैगरि लेखा सुपरीवेक्षण समितिको संयोजकमा राधिका सापकोटा, सदस्यहरुमा रेणुका पूर्वछाने मगर र विमला सापकोटा रहेका छन । साधारणसभामा संस्थाकी अध्यक्ष निर्मला कुमारी लम्सालले संस्थागत प्रतिवेदन, लेखा समिति संयोजक राधिका सापकोटाले लेखा समितिको प्रतिवेदन र प्रवन्धक गिता लम्सालले आव. ०७९÷०८० को लेखा परिक्षण प्रतिवेदन र चालु आव. ०८०÷०८१ को लागि २२ करोड ६७ लाखको अनुमानित आयब्यय विवरण पेश गरेका थिए ।
साधारणसभामा संस्थाद्वारा सञ्चालित गाई ब्लक सुधार कार्यक्रममा सहयोग गरेकाले मकवानपुगढीका निवर्तमान अध्यक्ष बिदुर हुमागाई र ३ नं. वडा अध्यक्ष भागवत घिमिरेलाई दोसल्ला ओढाएर सम्मनित गरिएको थियो । मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङतानको प्रमुख आतिथ्यता एवम सहकारीकी अध्यक्ष लम्सालको सभाध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभामा मकवानपुरगढी–२ का अध्यक्ष बखान सिह पाख्रिन, ३ का वडा अध्यक्ष भागवत घिमिरे, ४ का वडा अध्यक्ष अर्जुनप्रसाद तिमल्सिना, मकवानपुरगढी गाउँपालिका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरी, पशु शाखा प्रमुख सत्यनारायण शाह, सहकारी शाखा प्रमुख सूर्य बहादुर गुरुङ, मनकामना दुग्ध उत्पादक सहकारीका अध्यक्ष अर्जुनप्रसाद दाहाल, ब्यवस्थापक शशि लम्साल, सिर्जनशिल समाज सहकारीका अध्यक्ष कृष्ण विडारी, हिमाल महिला बहुउद्धेश्यीय सहकारीकी अध्यक्ष जानुका दाहाल, स्वरोजगार साना कृषि सहकारीकी अध्यक्ष धनकुमारी खड्का, रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, चुच्चेखोला सामुदायिक वनका उपाध्यक्ष उमेश अधिकारी, सञ्चारकर्मी भीमसेन पौडेल, एमपी शर्मा पौडेल, श्रीराम दाहाल लगायतको आतिथ्यता रहेको थियो ।
दुई सय ९० वटा समूह, एक हजार ५ सय ६० शेयर सदस्य रहेको यो सहकारीको शेयर पूँजी एक करोड ४६ लाख, निक्षेप सात करोड ३८ लाख र कर्जा लगानी नौ करोड ६६ लाख रहेको छ ।
१३ मंसिर, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज बस्दैछ । आसन्न महासमिति...
१३ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज संयुक्त अरब इमिरेट्स प्रस्थान गर्दैछन् । नेपाली...
१३ मंसिर, काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको...
१३ मङ्सिर, थाहा । थाहा नगरपालिकामा क्रियाशिल पालुङ जेसीजले नियमित कार्यक्रम अन्तरगतको जेसीज सप्ताह विविध...
१२ मंसिर, काठमाडौं । प्रहरी समायोजनको माग गर्दै सातै प्रदेशका गृहमन्त्रीहरूले संघीय सरकारका उपप्रधान तथा...
१२ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको...
१२ मङ्सिर, हेटौंडा । मकवानपुर प्रहरीले जिल्लाको राक्सिराङ गाउँपालिकाबाट कटुवा पेस्तोल र बुलेट बरामद गरेको छ ।...
१२ मङ्सिर, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौँडामा मङ्सिर १३ गते बुधबारबाट ‘हेटौँडा कप एसियाली खुल्ला...
१२ मंसिर, काठमाडौं । कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ र भारतीय समकक्षी अर्जुन राम मेघवालबिच...
११ मंसिर, हेटौंडा । हेटौंडा ५ स्थित एक पसलमा गएराति चोरी भएको छ । आइतबार राति हेटौंडा ५ कान्तिलोकपथ पुरानो...
३० कार्तिक, हेटौंडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ मा सालनाल सहितको शिशु (छोरी) फेला परेको छ । बिहीबार साँझ...
४ मंसिर,हेटौँडा । शिक्षकहरुको हकहितको लागि स्थापना भएको नेपाल शिक्षक संघले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्प...
३ मङ्सिर, हेटौंडा । हेटौंडा–६ चौघडामा ट्रकको ठक्करबाट एकजना महिलाको मृत्यु भएको बिषयलाई लिएर स्थानीयले सडक...
७ मंसिर,हेटौंडा । हेटौंडाको मेनरोडमा स्कुटरले पैदलयात्री एक महिलालाई ठक्कर दिदा महिला घाइते भएकी...
७ मंसिर,किर्तिपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूह र युवासंघका कार्यकताबिच काठमाडौँको बल्खुमा...
१ मंसिर,हेटौंडा । शुक्रवार साँझ हेटौंडा-१७ मा स्कुटरको ठक्करबाट एकजना पैदल यात्री महिलाको मृत्यु भएको छ । धरान...
११ मंसिर,हेटौंडा । मकवानपुरमा कम्मर भन्दा माथि हड्डी मात्र भएको सडेगलेको अवस्थामा शव फेला परेको छ । मकवानपुर...
११ मंसिर, हेटौंडा । मकवानपुरको हेटौंडा–१६ चिसापानीमा खाग (जंगली माहुरी)को टोकाईबाट दुई महिला घाइते भएका छन्...