१९ असोज,हेटौँडा । मकवानपुरगढी मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ खैरेनीमा रहेको जनहित स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाको १८ औं वार्षिक साधारणसभा शुक्रबार भएको छ । संस्थाका अध्यक्ष श्रीराम अर्जुनको सभाध्यक्षता तथा गाउँकार्यपालिका सदस्य नन्दकुमारी विश्वकर्माको प्रमुख आतिथ्यतामा १८ औं वार्षिक साधारणसभा भएको हो । संस्थाका अध्यक्ष श्रीराम अर्जुनले सभामा संस्थाका २ करोड १४ लाख ३३६ रुपैयाँको आर्थिक कारोबार गरेको प्रतिवेदन प्रस्तुत गरिएका थिए । संस्थाका सचिव राजन घिमिरेले संस्थाको आगामी नीति तथा अनुमानित आयव्यय विवरण प्रस्तुत गरेका थिए ।
४६८ शेयर सदस्य रहेको संस्थामा १६ लाख ४६ हजार ७ सय शेयरपुजीँ रहेको छ । संस्थामा १ करोड ५५ लाख ८० हजार १४८ बचत निक्षेप रहेको र सदस्यलाई १ करोड ९४ लाख ५३ हजार ६७८ रुपैयाँ कर्जा लगानी गरेको संस्थाका व्यवस्थापक दीर्घ बहादुर थापाले बताए । संस्थामा तेह्र लाख ५३ हजार ५४२ रुपैयाँ जडेगा कोष रहेको छ ।
सभाको अवसरमा संस्थाले विभिन्न विधामा सदस्यलाई पुरस्कृत गरेको छ । संस्थाले असल ऋणीतर्फ पार्वती आचार्य र अक्कल बहादुर स्याङ्तान, असल बचतकर्ता तर्फ शान्ति सिन्तान र मोहन बहादुर केसीलाई पुरस्कृत गरिएको थियो । त्यस्तै, जेष्ठ शेयर सदस्यतर्फ सानुमाया लो र झम्कनाथ घिमिरे, एकल महिला तर्फ इन्द्र कुमारी पुडासैनीलाई नगद एक हजार सहित पुरस्कृत गरिएको थियो ।
त्यस्तै सहकारीले आयआर्जन समूहलाई पनि पुरस्कृत गरेको थियो । इन्द्रकमल आयआर्जन समूह प्रथम, जनज्योति आयआर्जन समूह द्धितीय, हिमचुली आयआर्जन समूह तृतीय र गोदावरी आयआर्जन समूह सान्त्वना भएको थियो । उक्त समूहलाई क्रमशः दुई हजार, एक हजार पाँच सय, एक हजार र पाँच सय नगद सहित पुरस्कृत गरिएको थियो । सभामा जिल्ला बचत तथा ऋण सहकारी संघका लेखा समिति संयोजक सुलोचना स्याङ्तान, नेफ्स्कुन फिल्ड कार्यालय हेटौंडाका अमन विडारीको विशेष आतिथ्यता रहेको थियो । सभामा पुर्व वडा अध्यक्ष जीत बहादुर घिमिरे, वडा सदस्य अर्जुन बहादुर रुम्बा, सुकराम थिङ, महिला कल्याण साकोसका उपाध्यक्ष पार्वती फुयाँल, स्वरोजगार साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष धनकुमारी खड्का, संस्थाका संस्थापक अध्यक्ष गुणनिधि ढकाल, पूर्व अध्यक्ष थलनाथ घिमिरे, लेखा समिति संयोजक एंव निवर्तमान अध्यक्ष चण्डिका पौडेल, तीलगंगा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रादिका छत्कुली, जनजागृति बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हिरामणि दाहाल, लालिगुरासँ दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष जसुदा लम्साल, आधारभूत शिक्षा प्राविका प्रअ प्रह्लाद घिमिरे लगायतको आतिथ्यता रहेको थियो ।
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


















