Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

कामधेनुको वार्षिक साधारणसभा,पुर्व अध्यक्ष देखि पत्रकार सम्मलाई सम्मान

371110065_141241084601183-1696690166.jpg

२० असोज, हेटौडा । हेटौडा–६, चुच्चेखोलामा रहेको कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाको २५ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । हेटौडा उपमहानगरपालिका मेयर मीना लामाको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष उदय विडारीको सभाध्यक्षतामा २५ औं वार्षिक साधारणसभा भएको हो । 

साधारणसभामा संस्थापक अध्यक्ष बासुदेव सापकोटा, पूर्व अध्यक्ष कुमारमणी दहाल, निवर्तमान अध्यक्ष गौरब कुमार पराजुली, सल्लाहकार हिमाल पौडेललाई सम्मानित गरिएको थियो । यसैगरि संस्थापक शेयर सदस्य मिश्रीदेवी न्यौपाने, सावित्री न्यौपाने, हेटौडा–६ का वडा सचिव आमोद प्रसाद मैनाली, सञ्चारकर्मी गणेशदर्पण अधिकारी, समाजसेवी तथा ब्यवसायी राजु गुरुङ, एकल महिला शर्मिला मानन्धरलाई समेत सम्मानित गरिएको थियो । भेलामा २०७९ सालको एसईइ परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने आर्दित तिमल्सिना, विनिता दाहाल, बढी ब्याज बुझाउने बुद्धरत्न मानन्धर, बढी सेवा शुल्क बुझाउने लिलाकुमारी आचार्य, खुत्रुकेमा बढी रकमा जम्मा गर्ने आदेश गौतम र प्रकृति पराजुली र एकेैदिन सदस्यता लिने दम्पतीलाई समेत सम्मानित गरिएको थियो ।
साधारणसभामा अध्यक्ष विडारीले संस्थागत प्रतिवेदन, ऋण उपसमिति संयोजक उदय प्रकाश दहालले ऋण उपसमितिको प्रतिवेदन, लेखा संयोजक केदारप्रसाद गौतमले लेखा समितिको प्रतिवेदन, खुत्रुके बचत उपसमिति संयोजक अम्विका सापकोटाले खुत्रुके बचत उपसमितिको प्रतिवेदन र ब्यवस्थापक भीमसेन पौडेलले चालु आर्थिक बर्ष ०८०÷८१ को लागि २ करोड ४२ लाखको अनुमानित बजेट पेश गरेका थिए ।
साधारणसभामा हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दहाल, वडा सदस्य विजय पौडेल, हेटौडा उपमहानगरपालिका सहकारी विकास महाशाखा प्रमुख हिम प्रसाद पौडेल, मकवानपुर जिल्ला बहुउद्धेश्यीय सहकारी संघ अध्यक्ष रामहरि न्यौपाने, रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष लक्ष्मण कटुवाल, नौलो विहानी कृषि सहकारीका अध्यक्ष भरत सापकोटा, नारीचेतना सहकारीकी अध्यक्ष राधिका गौतम, प्रगतिशिल महिला आपसी विकास संस्थाकी अध्यक्ष बनारसी उप्रेती लगायतको उपस्थिति रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

संयुक्त राष्ट्रसंघले ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
1572568786UN-united-natio-1788573325.jpg

२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1788572917.jpg

२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...

राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

थप समाचार