Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

नारायणी सहकारीको २७ औं साधारणसभा 

Capture-1697288427.JPG

२७ असोज, हेटौंडा । नारायणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हेटौंडाको २७ औं वार्षिक साधारणसभा शनिबार हेटौंडामा सम्पन्न भएको छ । 
कार्यक्रममा सहकारीका अध्यक्ष जंगबहादुर गुरुङले आ.व. २०७९÷८० को वार्षिक प्रतिवेदन र आ.व. २०८०÷८१ को नीति तथा कार्यक्रम, सचिव नारायणप्रसाद खतिवडाले आ.व. २०७९÷८० को लेखापरीक्षण प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक धर्मप्रसाद मिश्रले आ.व. २०७९÷८० को आन्तरिक लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । 
यस्तै ऋण उपसमितिका संयोजक रामचन्द्र अर्यालले आ.व. २०७९÷८० को ऋणको प्रतिवेदन र व्यवस्थापक महेश अधिकारीले आ.व. २०८०÷८१ को लागि प्रस्तावित आयव्यय विवरण साथै संस्थाको आन्तरिक नीति तथा सदस्य भेटघाट कार्यविधी र संरक्षित पुँजी फिर्ता कोष कार्यविधी प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रस्तुत सम्पूर्ण प्रतिवेदनहरु साधारणसभाले पारित गरेको छ । 
कार्यक्रम जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्य तथा नारायणी बहुउद्देश्यीय सहकारीका अध्यक्ष जंगबहादुर गुरुङको सभाध्यक्षतामा भएको थियो । 
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल, हेटौंडा उपमहानगरपालिका ९ का वडा सदस्य विष्णु राना, निवर्तमान वडा अध्यक्ष लक्ष्मणप्रसाद भण्डारी, राष्ट्रिय सहकारी महासंघका पूर्व संचालक बद्री लम्साल, मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरी न्यौपाने, दिब्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हेटौंडाका अध्यक्ष डा. गणेश लामा, शिवम् सिमेन्टका बिक्रम खतिवडा, कुष्माण्ड त्रिवेणीधाम विकास समितिका अध्यक्ष ईश्वरी न्यौपाने, नारायणी सहकारीका उपाध्यक्ष रामचन्द्र दाहाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
२०५३ सालमा स्थापित सहकारीको कूल बचत २३ करोड ४४ लाख ४६ हजार, जगेडा कोष दुई करोड १८ लाख ७८ हजार र कूल ऋण लगानी २३ करोड ५९ लाख ७३ हजार रुपैंया रहेको छ । भवन, जग्गासहित सहकारीको कूल सम्पती ३६ करोड ६० लाख ३१ हजार तथा अन्य कोष ६३ लाख ९१ हजार रुपैंया छ । एक हजार एक सय ३३ महिलासहित दुई हजार दुई सय ५९ जना शेयर सदस्य रहेको सहकारीको ६ करोड १८ लाख ८६ हजार शेयर पुँजी रहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बझाङमा कांग्रेसको सिंहको अग्रता, एमालेका भण्डारी पछ्याउदै
congress-uml-2-1714358159.jpg

१७ बैशाख, चैनपुर।  बैशाख १५ गते इलाम र बझाङमा सम्पन्न उप- निर्वाचनको मतगणना भइरहेको छ। सोमबार बिहान ८ बजे सम्मको...

दाङमा आगलागीबाट २३ घर जलेर नष्ट
aglagi-e1695432403369-1714356914.jpg

१७ बैशाख, दाङ । दाङको राजपुर गाउँपालिका ७ हाडेवासमा २३ घर जलेर नष्ट भएका छन् । आगलागीबाट घर र गोठ जलेर नष्ट भएका...

लगानी सम्मेलन आज पनि जारी रहने
lagani-1-1714356037.jpg

१७ बैशाख, हेटौंडा । काठमाडौंमा आइतबारदेखि शुरू भएको तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ ।  सम्मेलनमा आज...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714355517.jpg

१७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

इलाममा एमाले र बझाङमा कांग्रेसलाई अग्रता
aaddd-1714352414.JPG

१७ बैशाख, हेटौंडा । शनिवार सम्पन्न भएको उपनिर्वाचनको मतगणना गर्ने काम चलिरहँदा इलाममा एमाले र बझाङमा...

नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपानेलाई तीन वर्ष कैद सजाय
Screenshot_20240428_21132-1714318128.jpg

१६ बैशाख, हेटौंडा । नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद सजाय भएको छ । विशेष...

राष्ट्रियसभा सदस्य शाक्यद्वारा पद तथा गोपनीयताको सपथ
Screenshot_20240428_17190-1714304054.jpg

१६ बैशाख, हेटौंडा । राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।  सिंहदरबारस्थित संघीय...

नेपालसंग वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी
20240428_171114-1714303608.jpg

१६ बैशाख, हेटौंडा । नेपालसँगको टी–ट्वान्टी सिरिज अन्तर्गतको दोस्रो खेलमा आइतबार वेस्ट इन्डिज ‘ए’ १० रनले...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714277843.jpg

१६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी र सुदूरपश्चिम प्रदेशमा...

थप समाचार