Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

उपमहानगरमा व्यवसाय दर्ता शिविर: तीन दिनमा १०६ व्यवसाय दर्ता

fff-1698929235.jpg

१६ कार्तिकm हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले करको दायरा बाहिर रहेका व्यवसाय दर्ताको लागि सञ्चालन गरेको शिविरमा १०६ व्यवसाय दर्ता भएका छन् । 
हेटौंडा–१९ नम्बर वडा कार्यालयबाट सोमबार देखि सुरु गरेको शिविरमा बुधबार सम्म १०६ वटा व्यवसाय दर्ता भएको र २२ वटा दर्ता प्रकृयामा रहेको उपमहानगरपालिकाले जनाएको छ ।
वडा सचिब राजेन्द्रनाथ पोखरेलले वडामा दर्ता बिना सञ्चालनमा रहेर करको दायरा बाहिर रहेका धेरै व्यवास दर्ता भएको जानकारी दिए । ‘दर्ता बिना सञ्चालनमा रहेका वडा भित्रका धेरै व्यवसाय दर्ता प्रकृयामा सहभागि हुँदै उपमहानगरलाई कर तिर्ने अवस्थामा पुगेका छन्’ उनले भने । दर्ता भएका व्यवयायीलाई प्रमाणपत्र हस्तान्तरण गरी सकेको छ भने प्रकृयामा रहेकालाई प्रमाणपत्र बनाएर बितरण गर्ने सचिव पोखरेलले बताए । 
उपमहानगरले करको दायरा बाहिर रहेर व्यवसाय गरीरहेका हेटौंडा उपमहानगरपालिका क्षेत्रका व्यवसायीका लागि व्यवसाय दर्ता शिविर सञ्चालन थालेको छ ।  हेटौंडा बजार क्षेत्र भन्दा बाहिर वडाहरुमा रहेर बिना दर्ता व्यसाय सञ्चालन गरी रहेका व्यवसायीलाई लक्षित गर्दै उपमहानगरका वडाहरुमा व्यवसाय दर्ता शिविर सञ्चालन गरेको हो । 
उपमहानगरपालिका सबै वडामा तिन÷तिन दिन शिविर सञ्चालन गर्ने तयारी रहेको राजश्व प्रशासन शाखाका प्रमुख श्यामकृष्ण श्रेष्ठले बताए ।
उपमहानगरको राजश्व परामर्श समितिले अनुगमका क्रममा वडाहरुमा दर्ता बिना व्यवसाय सञ्चालन गरी राजश्वको दायरा बाहिर रहेको पाएपछि व्यवासय दर्ता शिविर सञ्चालन गरेको उनले जानकारी दिए । 
शिविरसँगै आन्तरीक राजश्व र घरेलु कार्यालयमा दर्ता भएर व्यवसाय सञ्चालन गरेपछि उपमहानगरमा सुचिकृत नभएका व्यवसायीलाई दर्ताको लागि पछिल्लो तिन बर्षको शुल्क तिरेपछि व्यवसाय दर्ताको सुबिधा उपमहानगरले दिएको छ । अब व्यवसाय दर्ताको समय जति भएपनि पछिल्लो तिन बर्षको शुल्क तिरेर उपमहानगरमा व्यवसाय दर्ता गर्न पाउँने सुबिधा उपमहानगरले दिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरको थाहानगरमा लोडेरमा च्यापिएर हेल्परको मृत्यु
images-1714829938.jpg

२२ बैशाख, हेटौंडा। मकवानपुरको थाहानगरमा लोडर पल्टिदा च्यापिएर हेल्परको  ज्यान गएको छ। शनिबार दिउँसो  थाहा ९...

पत्रकार होम कार्कीलाई पितृशोक
hd-1714801329.jpg

२२ बैशाख, हेटौंडा । मकवानपुर गृह जिल्ला भई कान्तिपुर दैनिकमा कार्यरत पत्रकार होम कार्कीलाई पितृशोक परेको छ ।...

हेटौंडाले आधारभूत तहमा 'हाम्रो हेटौंडा' पढाइने
IMG_20240504_094323-1714795197.jpg

२२ बैशाख, हेटौंडा। बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौंडा उपमहानगरपालिकाले शैक्षिक सत्र २०८१ बाट...

आईपिएलमा मुम्बईमाथि कोलकाताको शानदार जित
1714759884-7051-1714791856.jpg

२२ बैशाख, हेटौंडा ।  इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा मुम्बई इन्डियन्समाथि कोलकाता नाइट...

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिने
sodari_GkbKs5IIpa-1714791077.jpg

२२ बैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका छन् । सो...

डाइभर्सिटी भिसाको नतिजा आज बेलुका सार्वजनिक हुने
checkedvresult2025-1714790208.png

२२ बैशाख, काठमाडौँ । अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा आज बेलुका...

नेपाल र वेष्ट इन्डिज ‘ए’ बिच अन्तिम खेल हुँदै
20240504_081645-1714789924.jpg

२२ बैशाख, काठमाडौँ । नेपाल र वेष्ट इन्डिज ‘ए’ बिचको टी–२० श्रृंखलाअन्तर्गत अन्तिम खेल आज  हुँदैछ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714789351.jpg

२२ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया...

हेटौंडा ६ स्थित प्रज्वल बोर्डिङमा डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया
FB_IMG_1714750419377-1714750538.jpg

२१ बैशाख, हेटौंडा। विद्यार्थीलाई डढेलाेकाे बारेमा सचेतना गराउने उद्वेश्यका साथ हेटाैडा ६ चाैघडामा रहेकाे...

थप समाचार