२६ कार्तिक, काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पबाट प्रभावितहरुको अस्थायी आवास निर्माणका लागि प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
आइतबार उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले जाजरकोट केन्द्रबिन्दु बनाई गएको भूकम्पबाट प्रभावितहरुको लागि अस्थायी आवास बनाउन प्रतिपरिवार ५० हजार रुपैयाँका दरले उपलब्ध गराउने निर्णय गरेको हो । रकम २५/२५ हजार रुपैयाँका दरले दुई किस्तामा उपलब्ध गराइने छ।
त्यस्तै, बैठकले बझाङ केन्द्रबिन्दु बनाई गएको भूकम्पबाट प्रभावितहरुलाई अस्थायी आवासका लागि प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने यसअघिको उपप्रधानमन्त्री एवं गृहमन्त्री स्तरीय निर्णयलाई अनुमोदनसमेत गरेको छ।
बैठकले राहत उपलब्ध गराउन जाजरकोट र रुकुमपश्चिमलाई पाँच/पाँच करोड उपलब्ध गराउने कार्यकारी प्रमुख स्तरीय निर्णयको अनुमोदन पनि गरेको छ।
साथै जाजरकोट, पश्चिम रुकुम र सल्यानमा प्रमुख जिल्ला अधिकारीले विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७९ बमोजिम बमोजिम रकम खर्च गर्ने सम्बन्धमा प्रतिकार्यका लागि गर्नसक्ने खर्च र सीमा तोकेको छ ।
१९ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार...
१९ मंसिर, काठमाडौं । नेकपा एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन २०८१ साल जेठ ३ देखि ७ गतेसम्म हुने भएको छ...
१९ मंसिर, चितवन । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्रमा तिब्र सुधार भइरहेको बताएका छन् । भरतपुरमा...
१९ मंसिर, हुम्ला । सामुदायिक स्वास्थ्य इकाई उनापानीमा कार्यरत अहेव अंग फडेरा मृतावस्थामा फेला परेका छन् ।...
१९ मंसिर, काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अदालतबाट भएको पक्राउ पुर्जीको विरोधमा...
१९ मंसिर,हेटौंडा । विगत केही दिनदेखी नेपाली बजारमा उकालो लागेको सुन-चाँदीको भाउ मंगलबार भने घटेको छ। अघिल्लो...
१९ मंसिर,हेटौंडा । हेटौंडाको छुट्टा छुट्टै दुई स्थानमा भएको सवारी दुर्घटनामा दुइ जना गम्भिर घाइते भएका छन्...
१९ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्रको...
१८ मंसिर, चितवन । प्रधानमन्त्री कप महिला प्रतियोगिताको बागमती छनोटमा काठमाडौंले उपाधी हात जितेको छ । चितवनको...
११ मंसिर, हेटौंडा । हेटौंडा ५ स्थित एक पसलमा गएराति चोरी भएको छ । आइतबार राति हेटौंडा ५ कान्तिलोकपथ पुरानो...
१४ मंसिर, हेटौंडा । मकवानपुरगढीमा बिहीबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृतक एक महिला र...
७ मंसिर,हेटौंडा । हेटौंडाको मेनरोडमा स्कुटरले पैदलयात्री एक महिलालाई ठक्कर दिदा महिला घाइते भएकी...
११ मंसिर,हेटौंडा । मकवानपुरमा कम्मर भन्दा माथि हड्डी मात्र भएको सडेगलेको अवस्थामा शव फेला परेको छ । मकवानपुर...
७ मंसिर,किर्तिपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूह र युवासंघका कार्यकताबिच काठमाडौँको बल्खुमा...
१४ मंसिर, हेटौंडा । मकवानपुरगढीमा बिहीबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा मृत्यु हुने आमाछोरा रहेको खुलेको छ...
१७ मंसिर,हेटौंडा । मकवानपुरमा आफै चढेको बसको ठक्करबाट घाइते भएकी एक महिलाको मृत्यु भएको छ । शनिवार साँझ चखेल...
११ मंसिर, हेटौंडा । मकवानपुरको हेटौंडा–१६ चिसापानीमा खाग (जंगली माहुरी)को टोकाईबाट दुई महिला घाइते भएका छन्...
११ मंसिर,हेटौँडा । अखिल नेपाल महिला संघ मकवानपुरको अध्यक्षमा पुनः सुमित्रा काफ्ले चयन भएकी छिन् । संघ...