१७ मङ्सिर, हेटौंडा । लामो सयमदेखि पूर्णता पाउँन नसकेको बागमती प्रदेशसभा अन्तर्गत विषयगत समितिहरुलाई पूर्णता दिने बिषयमा सहमती जुटाउँन आइतबार हेटौँडामा बसेको सर्वदलिय बैठक बिना निष्कर्ष टुंगिएको छ ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलको पहलमा बागमती प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले बोलाएको बैठक प्रदेशसभा सचिवालयमा बसेको थियो । बैठकमा सत्तापक्ष गैरजिम्मेवार रुपमा प्रस्तुत भएपछि सहमती हुन नसकेको प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल एमालले आरोप लगाएको छ ।
एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै बैठकमा सरकार गैरजिम्मेवार रुपमा प्रस्तुत भएकाले कुनैपनि सहमती हुन नसकेको दावी गरे । उनले मुख्यमन्त्रीले एनजीओ शैलीमा सरकार चलाउन खोज्दा समस्या भएको आरोप लगाए ।
‘सरकारलाई विगतमा प्रतिपक्षी दलहरुसँग गरेको सहमतीको कुनै मतलब छैन । उहाँहरु एनजिओ शैलीमा सरकार चलाउँदै हुनुहुन्छ । सरकारले आफ्ना कार्यकर्तालाई पोस्ने भन्दा अरु काम नै गरेन । जनताको पिर मर्कामा उहाँहरुलाई कुनै मतलब नै छैन,’ नेता थपलियाले असन्तुष्टि व्यक्त गरे ।
यता मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भने आजै सहमतीमा पुग्न नसकिएको भएपनि अर्को बैठक बसेर सहमती मै विषयगत समितिहरुको सभापति चयन प्रकृया टुंगोमा पु¥याउँनेगरी कुरा भएको दावी गरे । उनले केहि दिनमा पुनः बैठक बसेर समितिको सभापति चयन प्रकृयाका बिषयमा सहमती खोज्ने दावी गरे । सहमती हुन नसकेको अवस्थामा भने प्रकृया अनुसार नै भएपनि सभापति चयन प्रकृया टुंग्याउँने मुख्यमन्त्री जम्कट्टेलले स्पष्ट पारे ।
११ माघ, हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश सभाको १५ औं अधिवेशन माघ १८ गतेको लागि बोलाउन प्रदेश प्रमुख समक्ष...
११ माघ,हेटौंडा । मकवानपुरको हेटौंडा-१५ मा शौचालयमा लडेर एक वृद्धको मृत्यु भएको छ। शुक्रबार दिउँसो हेटौडा-१५...
११ माघ, हेटौंडा । हेटौंडा ९ बाट नाबालिकाई बलात्कारको आरोपमा एक पुरुषलाई पक्राउ परेका छन् । मकवानपुर प्रहरीले...
११ माघ, जनकपुर। मधेश प्रदेश सरकारले भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ फिर्ता लिएको छ । चौतर्फी...
११ माघ, हेटौंडा । गोरखाको कुवामा डुबेर एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमादपालुङटार नगरपालिका-६...
११ माघ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य एक हजार रूपैयाँले बढेको छ । छापावाल सुन प्रतितोला एक लाख ६० हजार ६००...
११ माघ, हेटौंडा ।शुक्रबार बिहान हेटौंडा १२ रमनटारमा पाटे बाघ देखापरेको छ । प्रष्टखबरलाई प्राप्त जानकारी अनुसार...
११ माघ, हेटौंडा । हाल देशको पश्चिमी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसको प्रभावले...
११ माघ, हेटौंडा । सुदूरपश्चिम प्रदेशसभाबाट ‘सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको...
७ माघ, गैँडाकोट। नवलपुरमा गुडिरहेको मोटरसाइकलमा बाघले आक्रमण गर्दा दुईजना घाइते भएका छन्।कालीगण्डकी करिडोरको...
१ माघ, हेटौंडा। हेटौंडा १३र १४ को सिमानामा चितुवा देखापरेको छ। एउटा माउ चितुवा र २ वटा बच्चा हरियाली टोलबाट...
२७ पुस, हेटौंडा। शनिबार दिउँसो पुर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी ६ मा भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका...
८ माघ, हेटौंडा। हेटौंडा १ मा महिला मृत अवस्थामा फेला परेकी छिन्। सोमबार मध्यरातमा हेटौडा - १ स्वर्गलोक स्थित...
११ माघ, हेटौंडा ।शुक्रबार बिहान हेटौंडा १२ रमनटारमा पाटे बाघ देखापरेको छ । प्रष्टखबरलाई प्राप्त जानकारी अनुसार...
२७ पुस, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा गम्भीर घाइते एक जनाको...
२७ पुस, हेटौंडा। मकवानपुरको मनहरीमा स्कार्पियो र कार ठक्कर खादा ८ जना घाईते भएका छन। पूर्व पश्चिम राजमार्ग...
१ माघ, हेटौंडा। मकवानपुरमा छोरीलाई बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला सुनाइएको छ। जिल्लाका बकैया...
२८ पुस, हेटौंडा । मकवानपुरको उद्योग वाणिज्य संघको अध्यक्षमा प्रमोदसिंह रानाभाट निर्वाचित भएका छन्। आइतबार...