२० मंसिर,हेटौंडा । बसामाडी जेसीजको नियमित कार्यक्रम अन्तरगत जेसीज सप्ताह सुरु भएको छ । बुधबार हेटौंडाको फुटसल मैदानमा मैत्रीपूर्ण फुटसल प्रतियोगितासंगै सप्ताहब्यापी कार्यक्रमको उद्घाटन गरिएको हो ।
बागमती प्रदेश सदस्य प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्यतामा र नेपाल जेसीज बर्ष २०२३ का राष्ट्रिय उपाध्यक्ष सरोज अधिकारीको बिशेष आतिथ्यतामा भएको मैत्रीपूर्ण फुटसल प्रतियोगिता एवम् सप्ताहब्यापी कार्यक्रमको उद्घाटन गरिएको हो । त्यस्तै जेसीज सप्ताह कार्यक्रम अन्र्तगत बुधवार नै हेटौडा १६ मा रहेको जनप्रिय माबि हटियाका लागुपदार्थ दुव्र्यसनी बिरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । बिद्यालयका कक्षा ८, ९ र १० का बिद्यार्थीहरुको सहभागिता रहेको सचेतना कार्यक्रममा मकवानपुर रिकभरीका उद्वब केसीले विद्यार्थीहरुलाई लागुपदार्थ दुव्र्यसनी विरुद्ध प्रशिक्षण दिएका थिए । कार्यक्रम नेपाल जेसीज बर्ष २०२३ का राष्ट्रिय उपाध्यक्ष सरोज अधिकारीको प्रमुख आतिथ्यतामा भएको थियो । उक्त कार्यक्रममा जनप्रिय माबि हटियाका सहप्राध्यापक राम आशिष मण्डल, शिक्षक रबिन श्रेष्ठको आतिथ्यता रहेको थियो ।
बसामाडी जेसीज बर्ष २०२३ का अध्यक्ष जनक भण्डारीको अध्यक्षतामा भएको दुबै कार्यक्रमा कार्यक्रम संयोजकहरु मनिष खड्का, ध्रुव गौतम्, सह–मूल कार्यक्रम संयोजकहरु तथा उपाध्यक्ष परमेश्वर पौडेल, जे.पी. यादव, मूल कार्यक्रम संयोजक तथा कार्यकारिणी उपाध्यक्ष जेसी उद्धवराज कठायत लगायत जेसीजका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो । सप्ताह कार्यक्रम अन्तरगत मंसिर २१ गते बिहीबार परिवार नियोजन संघको कार्यालयमा प्रजनन तथा परिवार नियोजन सम्वन्धि अन्तरक्रिया कार्यक्रम र हाम्रो घर हेटौंडा ५ मा बालबालिकासंग जेसीजको सहयोगी हात कार्यक्रम सञ्चालन हुने बसामाडी जेसीज बर्ष २०२३ का तालिम संयोजक बुद्धराज अर्यालले बताएका छन् ।
३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...
२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...


















