Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बागमती प्रदेशका ५ जना कर्मचारी ११ औं तहमा बढुवा

IMG_20231207_062908-1701909866.jpg

२० मङ्सिर, हेटौंडा ।  प्रदेश निजामती ऐन २०७९ अनुसार बागमती प्रदेश सरकारले बुधबार ५ जना कर्मचारीलाई ११ औं तहमा बढुवासहित नियुक्त गरेको छ । 
प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश मातहतका ५ जना कर्मचारीलाई ११ औं तहमा बढुवा गरी नियुक्त गरेको हो ।
बैठकले स्वास्थ्य तर्फको ४ र शिक्षा सेवातर्फको एक गरी ५ जनालाई ११ औं तहमा बढुवा गरी नियुक्त गरेको प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जानकारी डिए ।
संघीय निजामती ऐन जारी नभएको अवस्थामा प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले जेष्ठता र कार्य सम्पादन मुल्याङ्कनका आधारमा ११ औं तहमा कर्मचारी बढुवा तथा नियुक्ति गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद बैठकले स्वास्थ्य तर्फ दीपक तिवारी, बसन्त अधिकारी, डा. अर्जुन प्रसाद सापकोटा र डा. नरेन्द्र कुमार झालाई ११ औं तहमा बढुवा गरी नियुक्त गरेको बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्यायले जानकारी दिए । 
उनका अनुसार यस अघि नै प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले निर्णय गरी उनीहरुलाई ११ औं तहमा बढुवा गर्ने निर्णय गरेको थियो । तर, अदालतमा मुद्धा परेपछि बढुवा प्रक्रिया रोकीएको थियो ।
अदालतले उक्त मुद्दाका सम्बन्धी रिट खारेज गर्ने निर्णयसंगै प्रक्रिया अघि बढाइएको हो । मन्त्रिपरिषद बैठकले शिक्षा सेवा तर्फका दिपेन्द्र सुवेदीलाई ११ औं तहमा बढुवा गर्ने निर्णय गरेको छ । 
प्रदेश सरकारले यसअघि विभिन्न समयमा बसेको बैठकको निर्णय अनुसार १२ जना कर्मचरीलाई ११ औं तहमा बढुवा गरिसकेको छ ।
त्यस्तै बैठकले बहुवर्षिय योजना र ठेक्कालाई व्यवस्थापन गर्न बागमती प्रदेश आयोजनाको बहुवर्षे ठेक्का मापदण्ड २०८० कार्यविधी स्वीकृत गरेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्रीद्वारा बाढि प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल
PM-Meet-1789380048.jpg

२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

अद्यावधिक छुटेकालाई महाधिवेशनमा वञ्चित नगरिने
congress-(1)-1789347794.jpg

२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789347407.jpg

२९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हालसम्म १३८४ जनाको शव फेला
Rasuwa_Flood_1_ra6JJEpFXv-1789267873.jpg

२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...

हरितालिका (तीज) आज मनाईदै
news_1725590195-1789267602.jpg

२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789261930.jpg

२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

नेपाल एसिया कपमा छनोट
FB_IMG_1789223448814-1789223729.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

थप समाचार