Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

परराष्ट्रमन्त्री एनपी साउद कतार प्रस्थान

Screenshot_20231209_11510-1702101970.jpg

२३ मंसिर, काठमाडौं । दोहा २१ औँ फोरममा सहभागी हुन परराष्ट्रमन्त्री एनपी साउद कतार प्रस्थान गरेका छन् । परराष्ट्रमन्त्री साउद शनिबार कतार एयरलाइन्सको विमानबाट दोहा प्रस्थान गरेका हुन् । 
परराष्ट्रमन्त्री साउदले आइतबारदेखि कतारमा सुरु हुने  दोहा २१ औँ फोरममा हुने उच्चस्तरीय भेटमा इजरायलमा वेपता विपीन जोशीको रिहाइको विषय उठाउने बताइएको छ । 
कतारमा उनले समकक्षीसँगै विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखारीसँग विपीनका बारेमा कुराकानी गर्ने कार्यतालिका तय भएको छ ।
दोहा फोरम विश्व नेताहरू, सरकारी अधिकारीहरू, बहुपक्षीय संस्थाका प्रमुखहरू, निजी क्षेत्रका कार्यकारीहरू, थिंक ट्याङ्कहरू र विचार निर्माताहरू बीचको संवादको मञ्च हो । फोरममा समसामयिक विश्व र क्षेत्रीय विषयमा छलफल हुने बताइएको छ 
फोरममा सहभागी भइसकेपछि मन्त्री साउद मानवअधिकारको विश्वव्यापी घोषणाको ७५औँ वार्षिकोत्सवको स्मरणमा आयोजना हुने ‘ह्युमन राइट्स ७५’ उच्चस्तरीय कार्यक्रममा भाग लिन डिसेम्बर १२ मा जेनेभा प्रस्थान गर्नेछन् ।
त्यसैगरी, मन्त्री साउद जेनेभाबाट यही डिसेम्बर १४ देखि १५ सम्म आयोजना हुने भूपरिवेष्ठित विकासोन्मुख देशहरूको मन्त्रिस्तरीय बैठकमा सहभागी हुन यही डिसेम्बर १३ मा आर्मेनियाको येरेभान प्रस्थान गर्नेछन् ।
त्यहाँ रहँदा मन्त्री साउदले मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्ने र साइडलाइन वार्ताका क्रममा उच्च तहका विशिष्ट व्यक्तिहरूसँग द्विपक्षीय भेटघाट गर्ने मन्त्रालयले जनाएको छ।
परराष्ट्रमन्त्री साउद दोहा, जेनेभा र येरेभानमा उच्चस्तरीय भेटवार्ता सम्पन्न गरी मंसिर १६ गते काठमाडौँ फर्कने कार्यक्रम रहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1789452183.jpg

३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...

आज ऋषि पञ्चमी पर्व
rishi-panchami-1789436610.jpg

३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

उज्यालो नेपाल पार्टीको महासचिवमा अर्याल
Screenshot_20260915_07241-1789436362.jpg

३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...

अर्थमन्त्री वाग्ले भारत जाँदै
swarnim-wagle1651660097-1789435925.jpg

३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789435324.jpg

३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789435065.jpg

३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

प्रधानमन्त्रीद्वारा बाढि प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल
PM-Meet-1789380048.jpg

२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

थप समाचार