२५ मंसिर,हेटौँडा । बागमती प्रदेशका १० जिल्लामा ट्राफिक व्यवस्थापनमा देखिएका समस्या र चुनौती सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाको आयोजनामा प्रदेशका १० जिल्लामा ट्राफिक व्यवस्थापनमा देखिएका समस्या र चुनौती सम्बन्धी छलफल तथा अन्तरक्रिया एंव एक दिने कार्यशाला गोष्ठिको आयोजना गरिएको हो ।
बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ( डिआईजी ) किरण राणाको प्रमुख आतिथ्यातामा सम्पन्न छलफल तथा अन्तरक्रिया एंव गोष्ठीको आयोजना गरिएको हो । एक दिने गोष्ठीमा बागमती प्रदेश प्रहरी कार्याल मातहतका १० जिल्लाका ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरूले जिल्लागत समग्र ट्राफिक व्यवस्थापन, सवारी दुर्घटना, ट्राफिक कारवाही राजश्व र ट्राफिक सम्बन्धी सचेतना कार्यक्रम लगायतका विषयवस्तु सहितको प्रस्तुतिकरण गरेका थिए ।
प्रस्तुतिकरण पछि डिआईजी राणाले १० जिल्लाका ट्राफिक प्रहरी प्रमुखहरूलाई जिल्लागत समग्र ट्राफिक व्यवस्थापन, सवारी दुर्घटना, ट्राफिक कारवाही राजश्व र ट्राफिक सम्बन्धी सचेतना कार्यक्रमलाई कार्यक्रममा चासो दिदैं प्रभावकारी तरिकाले कार्यन्व्यन गर्न निर्देशन दिएकी थिइन् । उनले मातहतका दश जिल्लाका ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरूबिच ट्राफिक प्रहरीको काम–कारबाहीलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिने बताईन् ।
सात वटा प्रदेश प्रहरी कार्यालय मध्ये बागमती प्रदेश प्रहरीले पहिलो पटक जिल्लामा ट्राफिक प्रहरी प्रमुखलाई कार्यालयमै उपस्थित गराएर जिल्लागत रुपमा ट्राफिक व्यवस्थापनमा देखिएका समस्या र चुनौती सम्बन्धी छलफल तथा अन्तरक्रिया र एक दिने कार्यशाला गोष्ठि आयोजना गरेको हो ।
उक्त कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनकाले समग्र बागमती प्रदेशको ट्राफिक व्यवस्थापन र राजमार्गको सुरक्षा अवस्था र सवारी दुर्घटना लगायत विषयवस्तुको प्रस्तुतिकरण गरेको थियो ।
त्यसैगरी नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाका प्रहरी नायव उपरीक्षक सुजित कुमार ओझाले ट्राफिक व्यवस्थापनलाई प्रविधि युक्त बनाई प्रणालीगत सुधार र देखिएका समस्या तथा समाधानका उपायहरुको विषयमा प्रस्तुतीकरण प्रस्तुत गरेका थिए । कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल प्रहरी बरिष्ठ उपरीक्षक रवि कुमार पौडेल, प्रहरी उपरीक्षक भिम किरण बोगटी, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक खड्क बहादुर खत्री लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजाल, बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मधु कुमार थापा,नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग तथा बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक लगायत संचारकर्मीज्यूहरुको उपस्थिति रहेको थियो ।
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...
२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...
२९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...
२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...




-1789347794.jpg)













