२५,मंसिर, हेटौडा । आर्थिक पारदर्शीता र सुशासनको भाषण गरेर नथाक्ने बागतमी प्रदेश सरकारको ढिलासुस्तीले अघिल्लो आर्थिक वर्षमा काम सम्पन्न भएका योजनाहरुको भुक्तानी अझै दिन सकेको छैन ।
बागमती प्रदेश सरकारबाट विनियोजित भएको र शहरी विकास तथा भवन कार्यालय अन्तरगत उपभोक्ता समिति मार्फत काम गरेका २१ वटा योजनाका करिव २ करोड ८३ लाखको भुक्तानी दिन बाँकी रहेको हो । काम सम्पन्न भएर पनि भुक्तानी नपाएको २१ वटा योजना मध्ये एक हो हेटौडा–६ चौघडामा रहेको विपि गणेशमान स्मृति शान्ति पार्क निमार्ण उपभोक्ता समिति ।
समितिले काम सम्पन्न गरेर फाइल सम्बन्धी कार्यालयमा पुगेर सबै प्रक्रिया सकिक्दा हाल सम्म भुक्तानी नपाउदा समस्यामा परेको विपि गणेशमान स्मृति शान्ति पार्कका सचिव भरत सापकोटाले गुनासो गरेका छन् । उनले समयमा योजना सम्पन्न गर्न नसक्दा बजेट फ्रिज हुने ऋण काटेर काम सम्पन्न भएर पनि रकम नपाउदा समस्या परेको बताए । उनले भदौ महिनामा रकम आउने आश्वासन कार्यालयले दिएको थियो तर मंसिरको अन्तिम सम्म पनि भुक्तानी नदिएको बताए ।
यता यस विषयमा बुझदा शहरी विकास तथा भवन कार्यालयका सूचना अधिकारी टेकनाथ काफलेले भुक्तानीको लागि भौतिक मन्त्रालयमा चिठी लेखि पठाएका तर अहिले सम्म रकम निकासा नभएको र जवाफ समेत नआएको बताए । उपभोक्ता समितिसँग योजनाको लागि सम्झौता गर्ने तर सम्झौताको अवधिभित्रै काम सम्पन्न भएका योजनाहरुको भुक्तानी नहुदा उपभोक्ताहरु सारै समस्याको परेका छन । समयमै सम्पन्न भएका योजानहरुको तत्काल भुक्तानी दिई उपभोक्ताहरुलाई परेको समस्या समाधान गर्नु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन ।
३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...
२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...


















