Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

गाउँपालिका महासंघ बागमती प्रदेशद्वारा मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र

20231218_110322-1702914191.jpg

२ पुस, हेटौंडा । गाउँपालिका राष्ट्रिय महासंघ बागमती प्रदेश समितिले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सोमबार ध्यानाकर्षण पत्र बुझाएको छ ।
महासंघ प्रदेश कार्यसमिति अध्यक्ष कर्णबहादुर मगर नेतृत्वमा गएको टोलीले कर्मचारी समस्या समाधान लगायतका ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।
ज्ञापनपत्रमा प्रदेश समपुरक र विशेष अनुदान कार्यविधि संशोधन गर्न, स्थानीय सरकारसंग सम्बन्धित कानूनहरु निर्माण गर्दा गाउँपालिका राष्ट्रिय महासंघको अनिवार्य सहभागिता गराउन, स्थानीय सरकारका जनप्रतिनिधि तथा कर्मचारीहरुको क्षमता अभिबृद्धि तालिम महासंघको सहकार्यमा गर्न प्रदेश सरकारसंग माग गरिएको छ । 
त्यसैगरी, गाउँपालिका महासंघ बागमती प्रदेश कार्यालय संचालन गर्न अनुदानको व्यवस्था गर्न, स्थानीय सरकारको कर्मचारी सरुवा बढुवा हुँदा सम्बन्धित गाउँपालिकासंगको समन्वयमा मात्रै गर्न र दहत्तर बहत्तर संकलन लगायतका कानूनी जटिलता हटाउन महासंघले प्रदेश सरकारसंग माग गरेको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री जम्कट्टेलले गाउँपालिका महासंघले उठाएका कर्मचारी अभाव, दहत्तर बहत्तर संकलन लगायत स्थानीय सरकार संचालनका क्रममा परेका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा महासंघ बागमती प्रदेश कार्यसमिति सचिव कान्छालाल जिम्बा, सहसचिव मानकुमारी पाख्रिन नेपाली र सदस्य फणीन्द्र तिमल्सिनाको सहभागिता रहेको थियो ।
टोलिले स्थानीय तहमा कर्मचारी अभावको समस्याबारे प्रदेश लोकसेवा आयोगका पदाधिकारी, बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्याय र प्रदेश कितावखानाका निर्देशक अनिता तामाङसंग छलफल गरेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

अद्यावधिक छुटेकालाई महाधिवेशनमा वञ्चित नगरिने
congress-(1)-1789347794.jpg

२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789347407.jpg

२९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हालसम्म १३८४ जनाको शव फेला
Rasuwa_Flood_1_ra6JJEpFXv-1789267873.jpg

२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...

हरितालिका (तीज) आज मनाईदै
news_1725590195-1789267602.jpg

२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789261930.jpg

२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

नेपाल एसिया कपमा छनोट
FB_IMG_1789223448814-1789223729.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

थप समाचार