१२ पुस, हेटौंडा। कोरोनाको महामारीको समयमा हेटौंंड-६/७/१६/१७ नम्बर वडामा रेन्सपोन्स गरी कोभिडको जोखिमबाट बिरामीलाई जोगाएको र राहत सामग्री सहयोग गरी नाम कमाएको स्थानीय कोभिड रेन्सपोन्स टीमले हेटौडा ६ का एक क्यान्सर पिडितलाई नगद आर्थिक सहयोग गरेको छ ।
रेन्सपोन्स टिमले हेटौडा–६, चौघडा निवासी क्यान्सर पिडित मान कुमारी चौलागाईलाई उपचारको लागि नगद ६१ हजार ८ सय ४० रुपैयाँ सहयोग गरेको हो ।विरामीलाई उपचारमा सहज होस भन्दै कोभिड रेन्सपोन्स टीमको तर्फबाट २० हजार र अन्य व्यक्तिको सहयोगमा संकलन गरिएको ४० हजार ८४० रुपैयाँ उनलाई हस्तान्तर गरिएको मान कुमारी चौलागाई बचाउ अभियानका संयोजक केशव धितालले जनाएका छन् ।संकलित रकम हेटौडा–६ का निवर्तमान अध्यक्ष एवम भूमि आयोग मकवानपुका विज्ञ सदस्य अर्जुन प्रसाद चौलागाईले पिडितका श्रीमान सोमहरि चौलागाईलाई हस्तान्तरण गरेका थिए।क्यान्सर पिडित चौलागाईको हाल विपी कोइराला मेमोरियल क्यान्सर हस्पिटल चितवनमा उपचार भैरहेको छ ।राज्यको नजर नपुगेको अवस्थामा टिमबाट प्राप्त सहयोगले श्रीमतीको उपचारमा ईट्ट थपिएको पिडितका श्रीमान सोमहरी चौलागाईले बताएका छन्। आर्थिक अभावका कारण उपचार गर्न जान नपाएको दुखेसो पोखेका चौलागाईंले गहभरी आशु पार्दै छिट्टै वि पि कोइराला क्यान्सर अस्पताल लगेर श्रीमतीको उपचार गर्ने बताए। विश्वमा फैलिएको कोभिडको समयमा कोभिड पिडितको उपचार र सहयोग गर्ने उद्धेश्यले स्थापित यो टीमले भविष्यमा सामाजिक कार्य, दुःख र विभिन्न प्रकारका रोगबाट थलिएका र उपचार गर्न नसक्ने ब्यक्तिहरुलाई सहयोग गर्ने योजना रहेको टीमका सदस्य भरत सापकोटाले बताएका छन्।
२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...
२७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स...
२७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...
२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...









-1788140988.jpg)







