Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडाको चालू आर्थिक वर्षको बजेट संशोधन

FB_IMG_1704544417412-1704598705.jpg

२२ पुस, हेटौंडा। हेटौँडा उपमहानगरपालिकाले चालू आर्थिक वर्षको बजेटको संशोधन  गरेको छ। शनिबार सम्पन्न १४औँ नगर सभामा उपप्रमुख राजेश बानियाँले संशोधनसहितको बजेट पेस गरेका थिए जसमा चालू आर्थिक वर्षको बजेट संशोधन गर्दै हेटौँडा उपमहानगरले २२ करोड दुई लाख ५५ हजार रुपैयाँ वृद्धि गरेर दुई अर्ब ९० करोड ६२ लाख ६५ हजार रुपैयाँ पुर्‍याएको छ।

यसअघि गत असारमा सम्पन्न १३ औ नगरसभाले दुई अर्ब ६८ करोड ६० लाख १० हजार रुपैयाँको बजेटमा पारित गरेको थियो। 

उपप्रमुख बानियाँले आन्तरिक राजस्व संकलनमा देखिएको प्रगतिको आधारमा चालू आर्थिक वर्षको बजेट संशोधन गरी वृद्धि गरिएको बताएका छन्।

प्रमुख बानियाँका अनुसार चालू आर्थिक वर्षको हालसम्मको अवधिमा आयतर्फ संघीय सरकार समानीकरण तथा ससर्त अनुदानतर्फ ५५ करोड २३ लाख ३५ हजार रुपैयाँ, समपूरक अनुदानतर्फ २३ लाख ७५ हजार रुपैयाँ, विशेष अनुदान ८७ लाख ५० हजार हजार रुपैयाँ, प्रदेश सरकार समानीकरण, ससर्त र समपूरक अनुदान गरी पाँच करोड ६४ लाख ६९ हजार रुपैयाँ प्राप्त भएको छ।  

यस्तै, संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँटतर्फ ११ करोड ११ लाख ४८ हजार रुपैयाँ, उपमहानगरपालिकाको आन्तरिक स्रोत तथा अल्या आम्दानीसमेत गरी हालसम्म जम्मा ७४ करोड २ लाख ५ हजार रुपैयाँ प्राप्त भएको उनले बताए।

चालू आर्थिक वर्षको ६ महिनाको राजस्व संकलन लक्ष्यअनुसार भइरहेको जानकारी दिँदै उपप्रमुख बानियाँले चालू आर्थिक वर्षको लागि कुल ३० करोड ९४ लाख राजस्व लक्ष्य राखेकोमा १५ पुससम्म १५ करोड ४५ लाख रुपैयाँ रकम संकलन भएको बताए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य घट्यो
Gold-1789106677.jpg

२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789087552.jpg

२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

नेपालद्वारा ओमान पराजित, फाइनलमा युएईसंग खेल्ने
HR1jL0qakAA8mIf-1789055420.jpg

२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...

मकवानपुरका श्रीकृष्ण प्रणामी समुदायबाट ५ लाख बढी सहयोग
Donation-Pranami-1789037977.jpg

२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...

नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार