Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बागमती प्रदेशमा समस्याग्रस्त सहकारीको निमित्त व्यवस्थापन समिति गठन

Screenshot_20240107_19454-1704636068.jpg

२२ पुस, हेटौंडा । बागमती प्रदेशमा समस्याग्रस्त सहकारीको निमित्त व्यवस्थापन समिति गठन गरिएको छ । बागमती प्रदेश सरकार मन्त्रीपरिषद् बैठकले व्यवस्थापन समिति गठन गर्दै 
समितिकाे सेवा सुविधा तथा सर्त सम्वन्धि व्यवस्था गरेको हो ।
तीन सदस्यीय समितिको अध्यक्षमा काठमाडौंका प्रशान्त अधिकारी र सदस्यहरूमा काठमाडौंका यज्ञनाथ दाहाल र मकवानपुरका यतीराज सापकाेटा छन् ।
बैठकले भाैतिक संरचनाकाे संरचनात्मक सुधारकाे खर्च अख्तियारी प्रदान गर्ने, जनचेतनामूलक प्रचार सामग्री निर्माण, प्रसारण तथा वितरण कार्यविधि २०८० स्वीकृत गर्ने, माैलिक चलचित्र निर्माण तथा प्रवर्द्धनमा सहयाेग कार्यक्रम सन्चालन सम्वन्धि कार्यविधि २०८० स्वीकृत गर्ने र द्वन्द्व पीडितका लागि सवलिकरण कार्यक्रम कार्यन्वयन कार्यविधि २०८० स्वीकृति गर्ने निर्णय गरेको छ ।
 त्यस्तै, बैठकले प्रदेशसभा सदस्य गिता गुरुङकाे हेयरिङ मेशिन खरिद, एक वडा एक कृषि पशुपन्छी तथा मत्स्यजन्य उत्पादन कार्यक्रम कार्यान्वयन कार्यविधि २०८० स्वीकृत, एक विद्यालय एक नर्स कार्यक्रम सन्चालन (दाेश्राे संसाेधन) कार्यविधि २०८० स्वीकृत, गर्भवती तथा सुत्केरी अवस्थाका ज्यान जाेखिममा परेका महिलाकाे निशुल्क हवाइ उद्धार सेवा सम्वन्धि कार्यविधि २०८० स्वीकृत गर्ने र दुर्गम क्षेत्र विशेषज्ञ चिकित्सक प्राेत्साहन तथा विस्तारित अस्पताल सेवा सन्चालन सम्वन्धि कार्यविधि २०८० स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य घट्यो
Gold-1789106677.jpg

२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789087552.jpg

२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

नेपालद्वारा ओमान पराजित, फाइनलमा युएईसंग खेल्ने
HR1jL0qakAA8mIf-1789055420.jpg

२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...

मकवानपुरका श्रीकृष्ण प्रणामी समुदायबाट ५ लाख बढी सहयोग
Donation-Pranami-1789037977.jpg

२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...

नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार