Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

राष्ट्रियसभा निर्वाचन: कांग्रेस, एमाले र माओवादीमा को-को उम्मेदवार ?

Screenshot_20240108_08185-1704681327.jpg

२३ पुस, हेटौंडा । राष्ट्रियसभा निर्वाचनका लागि सोमबार हुने उम्मेदवारी दर्ताका लागि नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले उम्मेदवारको नाम टुंग्याएका छन् ।
कांग्रेस प्रवक्ता प्रकाशशशरण महतका अनुसार कांग्रेसले कोशीमा कृष्णप्रसाद सिटौला र मधेसमा आनन्द ढुंगानालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
त्यस्तै, मधेश प्रदेशबाट अन्ततर्फ आनन्दप्रसाद ढुंगानालाई उम्मेदवार बनाएको छ । बागमती प्रदेशको अन्यतर्फ जितजंग बस्नेत र महिलातर्फ विष्णुकुमारी पुडासैनीलाई उम्मेदवार बनाउने भएको छ । गण्डकी प्रदेशको अन्यतर्फ किरणबाबु श्रेष्ठ, अपांगतर्फ पदमबहादुर परियार र लुम्बिनीको महिलातर्फत विष्णुकुमारी सापकोटालाई उम्मेदवार बनाउने निर्णय भएको छ । कर्णालीको अन्यतर्फ कृष्णबहादुर रोकाया र सुदूरपश्चिमको अन्यबलदेव बोहरा र अपांगतर्फ नारायणदत्त भट्टलाई उम्मेदवार बनाउने निर्णय भएको महतले जानकारी दिए ।
एमाले महासचिव शंकर पोखरेलका अनुसार कोशी प्रदेशमा महिलाबाट रुक्मिणी कोइराला, अन्यबाट पर्शुराम अधिकारी तथा मधेशमा महिलाबाट उषादेवी थरुनी, अन्यबाट डा. अर्जुनकुमार सिंह राजपुतलाई उम्मेदवार बनाउने निर्णय भएको छ । 
त्यस्तै, बागमतीमा महिलाबाट रोचकुमारी चौलागाईं, अन्यबाट त्रिलोचन निर्मल पौडेल, अपाङ्गता-अल्पसंख्यकबाट विवेक देवकोटा र दलितबाट ध्रुवराज विश्वकर्मालाई उम्मेदवार बनाएको छ । गण्डकीमा महिलाबाट सम्झना देवकोटा, अन्यबाट चक्रबहादुर पराजुली, अपाङ्गता-अल्पसंख्यकबाट हेमन्द्र शेरचन तथा लुम्बिनीमा महिलाबाट तुलसाकुमारी केसी र अन्यबाट झपेन्द्रबहादुर घर्ती क्षेत्रीलाई उम्मेदवार बनाएको छ ।
एमालेले कर्णालीमा महिलातर्फ विमलाकुमारी शाही, अन्यतर्फ डिल्लीप्रसाद भट्ट, दलिततर्फ हिक्मत विक र सुदूरपश्चिममा महिलातर्फ सावित्रादेवी घिमिरे, अन्यतर्फ ईश्वरीप्रसाद खरेल र अपाङ्गता-अल्पसंख्यकबाट रामचन्द्र जोशीलाई उम्मेदवार बनाएको छ ।
माओवादी केन्द्रले राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारीका लागि कोशीबाट महिलातर्फ चम्मादेवी कार्की, बागमतीबाट अपाङ्गतातर्फ श्रीकृष्ण अधिकारी, गण्डकीबाट महिलातर्फ मनरूपा शर्मा, लुम्बिनीबाट अन्यतर्फ झक्कु सुवेदी, कर्णालीबाट दलिततर्फ विष्णु विश्वकर्मा र सुदूरपश्चिमबाट महिलातर्फ रेणु चन्दको नाम अनुमोदन गरेको जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य घट्यो
Gold-1789106677.jpg

२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789087552.jpg

२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

नेपालद्वारा ओमान पराजित, फाइनलमा युएईसंग खेल्ने
HR1jL0qakAA8mIf-1789055420.jpg

२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...

मकवानपुरका श्रीकृष्ण प्रणामी समुदायबाट ५ लाख बढी सहयोग
Donation-Pranami-1789037977.jpg

२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...

नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार