२४ पुस, काठमाडौं । कोशी प्रदेशको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अम्बरबहादुर विष्ट सर्वसम्मत चयन भएका छन् । सभामुख पदका लागि विष्टको मात्र उम्मेदवारी दर्ता परेपछि उनी सर्वसम्मत भएका हुन् ।
मंगलबार बसेको प्रदेशसभा बैठकमा उपसभामुख सिर्जना दनुवारले विष्ट सर्वसम्मत सभामुखमा चयन भएको घोषणा गरिन् ।
तत्कालीन सभामुख बाबुराम गौतमले गत साउन १६ गते राजीनामा गरेपछि कोशी प्रदेशको सभामुख पद रिक्त थियो ।
राप्रपा संसदीय दलका नेता तथा प्रस्तावक भक्तिप्रसाद सिटौला तथा समर्थक प्रेमरज थाम्सुहाङले विष्टको एकल उम्मेदवारी परेको भन्दै निर्वाचित गर्न प्रस्ताव पेश गरेका थिए । त्यस लगतै उपसभामुख दनुवारले विष्ट निर्विरोध निर्वाचित भएको घोषणा गरेकी थिइन् ।
विष्टले मंगलबार नै प्रदेश प्रमुख परशुराम खापुङबाट पद तथा गोपनियताको शपथ लिएका छन् ।
झापा गौरदहका ७० वर्षीय विष्ट राप्रपाका समानुपातिक प्रदेशसभा सदस्य हुन् । राप्रपाको केन्द्रमा विरोधका बीच उनले प्रदेशका सांसदहरूको जोडबलमा सभामुखमा उम्मेदवारी दिएका थिए ।
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...
२७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स...
२७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...
२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...










-1788140988.jpg)







