२५ पुस, हेटौडा । हेटौडा–१७, राजदेवीमा रहेको राजदेवी दुग्ध उत्पादक सहकारी संस्थाको २९ औं वार्षिक साधारणसभा बुधवार सम्पन्न भएको छ । हेटौडा उपमहानगरपालिका वडा नम्बर १७ का वडा सदस्य नवराज न्यौपानेको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष राम प्रसाद तिमल्सिनाको सभाध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभामा संस्थाका अध्यक्ष तिमल्सिनाले संस्थागत प्रतिवेदन, लेखा समिति सदस्य भीम प्रसाद अधिकारीले लेखा समितिको प्रतिवेदन, ऋण उपसमिति संयोजक टीका कार्कीले ऋण उपसमितिको प्रतिवेदन र शिक्षा उपसमिति संयोजक सरस्वती पुडासैनीले शिक्षा उपसमितिको प्रतिवेदन र ब्यवस्थापक घनश्याम दाहालले आव ०८०÷०८१ को लागि ७ करोड ११ लाखको अनुमानित आयव्यय विवरण पेश गरेका थिए । साधारणसभामा बढी दूध विक्री गर्ने मेनुका बजगाई, टीका कार्की, विषम बहादुर कार्की, गुस्तरीय दूध विक्री गर्ने मिलनराज भण्डारी, दुर्गा प्रसाद चौलागाई, उत्कृष्ट कारोवारीमा मेनुका बजगाई र लेखनाथ पराजुलीलाई पुरस्कृत गरिएको थियो ।
साधारणसभामा जिल्ला संघ प्रतिनिधि दिब्यराज धमला, राजदेवी बचत तथा ऋण सहकारीका अध्यक्ष मधुसुदन न्यौपाने,अशोक सामुदायिक वनका अध्यक्ष रमेश कुमार राई, राजदेवी मीनदर ब्यवस्थापन समिति अध्यक्ष कृष्ण प्रसाद नेपाल, राजदेवी टोल विकास संस्था अध्यक्ष युद्धविक्रम थापा, अशोक टोल विकास संस्था अध्यक्ष सुमनलाल श्रेष्ठ, सल्लाहकार चुनुदेवी धमला, अर्जुन प्रसाद तिमल्सिना, सञ्चारकर्मी भीमसेन पौडेल लगायतको उपस्थिति रहेको थियो । ३ सय ७५ जना शेयर सदस्य रहेको यो सहकारीले आव. ०७९÷०८० मा ३ करोड ५ लाखको दूध विक्री गरेको छ ।
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


















