Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

राजदेवी दुग्ध सहकारीको साधारणसभा सम्पन्न

417767583_707427173602043-1704893354.jpg

२५ पुस, हेटौडा । हेटौडा–१७, राजदेवीमा रहेको राजदेवी दुग्ध उत्पादक सहकारी संस्थाको २९ औं वार्षिक साधारणसभा बुधवार सम्पन्न भएको छ । हेटौडा उपमहानगरपालिका वडा नम्बर १७ का वडा सदस्य नवराज न्यौपानेको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष राम प्रसाद तिमल्सिनाको सभाध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभामा संस्थाका अध्यक्ष तिमल्सिनाले संस्थागत प्रतिवेदन, लेखा समिति सदस्य भीम प्रसाद अधिकारीले लेखा समितिको प्रतिवेदन, ऋण उपसमिति संयोजक टीका कार्कीले ऋण उपसमितिको प्रतिवेदन र शिक्षा उपसमिति संयोजक सरस्वती पुडासैनीले शिक्षा उपसमितिको प्रतिवेदन र ब्यवस्थापक घनश्याम दाहालले आव ०८०÷०८१ को लागि ७ करोड ११ लाखको अनुमानित आयव्यय विवरण पेश गरेका थिए । साधारणसभामा बढी दूध विक्री गर्ने मेनुका बजगाई, टीका कार्की, विषम बहादुर कार्की, गुस्तरीय दूध विक्री गर्ने मिलनराज भण्डारी, दुर्गा प्रसाद चौलागाई, उत्कृष्ट कारोवारीमा मेनुका बजगाई र लेखनाथ पराजुलीलाई पुरस्कृत गरिएको थियो ।
साधारणसभामा जिल्ला संघ प्रतिनिधि दिब्यराज धमला, राजदेवी बचत तथा ऋण सहकारीका अध्यक्ष मधुसुदन न्यौपाने,अशोक सामुदायिक वनका अध्यक्ष रमेश कुमार राई, राजदेवी मीनदर ब्यवस्थापन समिति अध्यक्ष कृष्ण प्रसाद नेपाल, राजदेवी टोल विकास संस्था अध्यक्ष युद्धविक्रम थापा, अशोक टोल विकास संस्था अध्यक्ष सुमनलाल श्रेष्ठ, सल्लाहकार चुनुदेवी धमला, अर्जुन प्रसाद तिमल्सिना, सञ्चारकर्मी भीमसेन पौडेल लगायतको उपस्थिति रहेको थियो । ३ सय ७५ जना शेयर सदस्य रहेको यो सहकारीले आव. ०७९÷०८० मा ३ करोड ५ लाखको दूध विक्री गरेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1714381508.jpg

१७ बैशाख, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ घटेको हो...

बझाङमा एमालेका उम्मेदवार भण्डारी विजयी
Daman-Bahadur-Bhandari-Ba-1714378671.jpg

१७ बैशाख, बझाङ । बझाङ-१ (१) मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन्...

स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु
accident.-1714378089.jpg

१७ बैशाख, कालिकोट । कालिकोटमा स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्काभेटरका सहचालक...

बझाङमा कांग्रेसको सिंहको अग्रता, एमालेका भण्डारी पछ्याउदै
congress-uml-2-1714358159.jpg

१७ बैशाख, चैनपुर।  बैशाख १५ गते इलाम र बझाङमा सम्पन्न उप- निर्वाचनको मतगणना भइरहेको छ। सोमबार बिहान ८ बजे सम्मको...

दाङमा आगलागीबाट २३ घर जलेर नष्ट
aglagi-e1695432403369-1714356914.jpg

१७ बैशाख, दाङ । दाङको राजपुर गाउँपालिका ७ हाडेवासमा २३ घर जलेर नष्ट भएका छन् । आगलागीबाट घर र गोठ जलेर नष्ट भएका...

लगानी सम्मेलन आज पनि जारी रहने
lagani-1-1714356037.jpg

१७ बैशाख, हेटौंडा । काठमाडौंमा आइतबारदेखि शुरू भएको तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ ।  सम्मेलनमा आज...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714355517.jpg

१७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

इलाममा एमाले र बझाङमा कांग्रेसलाई अग्रता
aaddd-1714352414.JPG

१७ बैशाख, हेटौंडा । शनिवार सम्पन्न भएको उपनिर्वाचनको मतगणना गर्ने काम चलिरहँदा इलाममा एमाले र बझाङमा...

नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपानेलाई तीन वर्ष कैद सजाय
Screenshot_20240428_21132-1714318128.jpg

१६ बैशाख, हेटौंडा । नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद सजाय भएको छ । विशेष...

थप समाचार