२८ पुस, हेटौँडा । नेपाली काँग्रेसको भातृसंस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रथम राष्ट्रिय महाधिवेशनका लागि निर्वाचित प्रतिनिधिहरुलाई प्रमाण पत्र वितरण सँगै बधाई ज्ञापन गरिएको छ ।
महासंघको हेटौँडा उपमहानगर समितिको आयोजनामा शुक्रबार नगरका विभिन्न १९ वटा वडाबाट निर्वाचित भएका क्षेत्रिय प्रतिनिधिहरुलाई प्रमाण–पत्र वतरण तथा बधाई ज्ञापन गरिएको हो ।
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ हेटौँडा उपमहानगर समितिका अध्यक्ष हर्करत्न लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवनपुरका सभापति बुद्ध लामाको प्रमुख आतित्थ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सभापति लामाले नेपाली कांग्रेस मात्रै समावेशी खालको पार्टी भएकाले यसले सम्पूर्ण आदिवासी जनजातीहरुको मागलाई सम्बोधन गर्ने बताए । उनले नेपाली कांग्रेसलाई बलियो बनाउँनसके कांग्रेस सम्बद्ध संगठनहरु आफैमा मजबुत हुने दावी गरे ।
उनले जनजातीहरुले पनि आफ्नो धर्म संस्कृति परम्परा, भाष जोगाउँन काम गर्नुपर्ने बेला आएको बताए । यसकालागी राजनितिको माध्यमबाट नीति निर्माणमा महत्वपूर्ण भूमिका खेल्न सकिने भएकाले जिम्मेबारी पाएकाहरुले अवसरलाई सदुपयोग गर्नुपर्नेमा उनले जोड दिए ।
महासंघ नगर प्रतिनिधि शान्ति स्याङबोले सहजिकरण गरेको कार्यक्रममा विशिष्ठ अतिथी बागमती प्रदेश सदस्य लक्ष्मी श्रेष्ठ, नेपाली कांग्रेस बागमती प्रदेश सदस्य चम्फुरत्न लामा, जिल्ला सदस्य कालु घलान, नेपाली कांग्रेस संघिय सचिव कविन सांगमी, महासंघ जिल्ला अध्यक्ष पदम तितुङ, मकवानपुर क्षेत्रीय सभापति शुसान्त श्रेष्ठ, नेपाल ट्रेड युनियन कांग्रेस मकवानपुरका सभापति यम बहादुर श्रेष्ठ र महिला संघ सचिव निलम देवकोटा लगाएतले बोलेका थिए ।
कार्यक्रममा यहि पौष २१ गते हेटौँडा उपमहानगरपालिकाबाट महासंघमा निर्वाचित भएका प्रत्येक वडाका ७ जना गरी १९ वडाका १३३ जना क्षेत्रीय प्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण गरिएको महासंघका नगर अध्यक्ष हर्करत्न लामाले जानकारी दिए ।
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...
२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...









-1788140988.jpg)







